माछापुच्छ्रे क्रिकेट क्लब पोखरा महानगरपालिका टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

पोखरा । माछापुच्छ्रे क्रिकेट क्लब पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को फाइनलमा प्रवेश गरेको छ । शनिबार लेखनाथमा भएको खेलमा राइजिङ क्रिकेट क्लवलाई ९६ रनले पराजित गर्दै माछापुच्छ्रे क्रिकेट क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
शनिबार भएको खेलमा राईजिङ क्रिकेट क्लवले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको माछापुच्छ्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएको थियो । माछापुच्छ्रेका लागि धिरज अधिकारीले४४ बलमा ६६ रन, सुमित श्रेष्ठले ४४ बलमा ५२ रन र आतिष न्यौपानेले २५ बलमा २७ रनको योगदान दिए ।
१६७ रनको मध्यम लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको राईजिङ निर्धारित २० ओभरमा अलआउटहुँदै ७२ रनमा सिमित भएपछि माछापुच्छ्रे विजयी भएको हो । राइजिङका अनिष रावतले ३३ बलमा २७ रन र भानुभक्त लम्सालले १७ बलमा २२ रन बनाएपनि हार टार्न सकेनन् । राईजिङलाई सस्तैमा समेट्न माछापुच्छ्रेका प्रमोद बास्तोलाले ५ रन खर्चेर ४ विकेट हत्याए । उनै प्रमोद बास्तोला प्लेयर अफ दी म्याच घोषित भएको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत आज दोश्रो सेमीफाइनल खेलमा कास्की क्रिकेट क्लव र लेखनाथ क्रिकेट क्लव फाइनल प्रवेशका लागि प्रतिष्पर्धामा उत्रिने अध्यक्ष पुनले जानकारी दिए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया