वडाध्यक्ष कप भलिबलको उपाधि पोखरा–१६ लाई

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ मा सम्पन्न वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका वडानम्बर १६ ले उचालेको छ । मनोहर युवा क्लवको खेलमैदान मनकामना टोलमा भएको खेलमा वडा नम्बर १९ लाइ ३–० को सोझो सेटमा हराउँदै १६ ले उपाधि जितेको हो ।
वडा नम्बर १६ ले २५–१९, २५–२२ र २५–२२ को सोझो सेटमा सहज जित निकाल्यो । उपाधिसँगै वडानम्बर १६ ले १ लाख १ हजार ४ सय १४ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता वडानम्बर १९ ले ५५ हजार १४ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
सान्त्वना हुने वडानम्बर २१ र २३ ले २०/२० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा विधागत तर्फ वडानम्बर १६ का विजय परियार सर्वोत्कृष्ट खेलाडी धोषित भए । उनले नगद ७ हजार १४, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै उत्कृष्ट सटर नगरबहादुर सुनार (जीवन) वडा नम्बर १९, उत्कृष्ट लिफ्टर सौरभ गुरुङ वडा नम्बर १६, उत्कृष्ट डिफेन्डर बविल गुरुङ वडा नम्बर १६ र अनुशासित खेलाडी भुपेन गुरुङ वडा नम्बर १९ धोषित भए । उनीहरुले जनही नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजेता, उपविजेता, शान्त्वना र उत्कृष्ट खेलाडीलाई कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रपति रामचन्द्र पौडेलका जल तथा वातावरण विज्ञ सल्लाहकार डा. परमेश्वर पोखरेल, वडानम्बर १४ का अध्यक्ष बोधबहादुर कार्की, वडानम्बर १५ का अध्यक्ष तोरण वानिया, वडानम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे, वडानम्बर १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना, वडासदस्य लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा पोखरा महानगरपालिका अन्तरगतका १३ टिमको सहभागिता थियो ।
पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजना खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।







ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
माधव वियोगी साहित्य पुरस्कार विनोदीलाई, उदासी र घिमिरेलाई सम्मान
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
तपाईको प्रतिक्रिया