पोखराको लेकसिटी कलेजमा स्पोर्टस् मिट

पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा सोमबारदेखि खेदकुद प्रतियोगिता सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा लेकसिटीमा अध्ययनरत विधार्थीबीच विभिन्न खेलमा प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा टेबल टेनिस, बास्केटबल र फुटसल खेल समावेश गरिएको कलेजले जानकारी दिएको छ । जसअन्तर्गत छात्र र छात्राहरुको भिन्दाभिन्दै खेलहरु हुनेछ । उनीहरुले प्रतियोगितामा एकल, जोडी र समूहमा प्रतिष्पर्धा गर्नेछन् ।
सोमबार कलेज परिसरमा बास्केटबल र टेवलटेनिस प्रतियोगिताका प्रारम्भिक चरणका खेल भएका छन् । छात्र तथा छात्रा बास्केटबल र टेवलटेनिस प्रतियोगितामा विधार्थीहरुको उत्साहजनक सहभागिता थियो । मंगलबार फुटसल खेल हुनेछ । बास्केटबल र टेवलटेनिसका सेमिफाइन र फाइन खेल पनि दोस्रो दिन आयोजना गरिने बताइएको छ ।
सो अवसरमा क्याम्पस प्रमुख नारायण श्रेष्ठ, सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देल, शिक्षकहरु र विधार्थीहरुले सहभागी खेलाडीलाई हौसला प्रदान गरेका थिए । कलेजका शिक्षक तथा प्रतियोगिता संयोजक सुशन थापाले खेलहरु सञ्चालन गरेका हुन् ।
वार्षिक कार्यक्रम अन्तर्गत खेलकुद प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विधार्थीको सहभागिता उत्साहजनक रहेकोले आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई कलेजले निरन्तरता दिने उनको भनाइ छ । प्रतियोगितामा विजयी विधार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिन्छ ।
खेलकुदको माध्यमबाट विधार्थीबीच आपसी मित्रता अभिवृद्धि गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संयोजक थापाले बताएका छन् । कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विधार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रमहरु वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
लेकसिटीमा रहेको सामाजिक विज्ञान केन्द्रले मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ ।
त्रिविबाट सम्बन्धन प्राप्त यो कलेज २०६४ मा स्थापना गरिएको हो । कलेजमा स्नातक तहअन्तर्गत बिबिएस, बिएएसडब्लु (समाजसेवा) र बिएमा समाजशास्त्र, पत्रकारिता तथा आमसञ्चार र अंग्रेजी साहित्य पठनपाठन हुन्छ । हाल कलेजमा ३ सय ५० विद्यार्थी छन् ।








जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया