अनुसन्धान प्रक्रिया चुष्त बनाउन अनुसन्धान अधिकृतहरु बिच छलफल तथा अन्तरक्रिया सम्पन्न

समाधान संवाददाता २०७६ कार्तिक १७ गते १६:०४

समाधान संवाददाता, पाेखरा

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा यही कार्तिक १७ गते प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरुमा कार्यरत अनुसन्धान अधिकृतहरुको एक दिवसीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरीको अनुसन्धान पद्धतीलाई थप प्रभावकारी एवम् प्रमाणमुखी बनाई अनुसन्धानका क्रममा आईपर्ने कानूनी जटिलतालाई सम्बोधन गर्न उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

Advertisement

उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुको अपराध अनुसन्धान शाखा प्रमुख प्रहरी अधिकृतहरुले आआफ्नो जिल्लाको अपराधिक अवस्था एवं अनुसन्धानका क्रममा देखा परेका चुनौती लगायतका विषयमा आ(आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो ।

सहभागि प्रहरी अधिकृतहरुबाट उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै प्रमुख अथिति प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले प्रत्येक प्रहरी कार्यालयमा पिडित मैत्री वातावरण निर्माण गरी प्रहरी प्रति आम नागरिकमा भर पैदा हुने व्यवहार प्रदर्शन गर्न निर्देशन गर्नुभएको छ ।

Advertisement

उक्त अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरीष्ठ उपरीक्षक राजेश कुमार लाल कर्ण, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी उपरीक्षक दिपक रेग्मी, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की लगायत सिनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया