एमसीसीविरुद्ध मुख्यमन्त्री–११ र कास्की–११ तयार

समाधान संवाददाता
पोेखरा
क्रिकेटको जननी मानिने बेलायतको सबैभन्दा पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध खेल्न मुख्यमन्त्री ११ र कास्की ११ को टिमले यतिबेला पोखरा रंगशालामा कठिन परिश्रम गरिरहेको छ ।
एमसिसी क्लब २ वटा अलग अलग टि–२० म्याच खेल्न पोखरा आउँदै छ । मुख्यमन्त्री ११ को टिममा प्रदेश स्तरीय खेलाडी सहभागी छन् भने कास्की–११ मा कास्कीका खेलाडी सम्मिलित छन् । दुवै टिमलाई प्रशिक्षक रिजन प्रजुले प्रशिक्षण दिइरहेका छन् ।
यही कात्तिक २५ र २६ गते पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा हुने एमसिसीविरुद्धको खेलले सन् २०१५ अर्थात् ४ वर्ष अघिको सम्झना दिने प्रशिक्षक प्रजुले बताए । ‘त्यतिबेला हामीले एमसिसीविरुद्ध १ दिवसीय खेल खेलेका थियौं,’ उनी भन्छन् ‘जसमा हामी विजयी भएका थियौं ।’ पोखराको क्रिकेट बामे सरिरहेको बेलाको त्यो जित अहिले पनि सपना जस्तै लाग्ने बताउँदै यस पटक पनि त्यही नतिजा निकाल्न टिम तयारीमा रहेको बताउँछन् ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने ती २ खेलले यस क्षेत्रको समग्र क्रिकेट खेल विकासका लागि महत्वपूर्ण रहने कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलको भनाइ छ । ‘हामी यतिबेला १३ औं सागअन्तर्गत महिला क्रिकेटको तयारीमा छौं,’ उनी भन्छन्, ‘एमसिसीको यो भ्रमणले पक्कै पनि पोखराको क्रिकेटमाथि उठेको छ भन्ने सन्देश विश्वभरि फैलिनेछ ।’
४ वर्ष अघि पोखरा ११ ले एमसिसीलाई जितेको क्षण अझै पनि कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्र गुरुङ ‘जिम्मी’ सँग ताजै छ । उनले त्यो बेला खेलेको तस्बिर देखाउँदै भने, ‘हामीले एमसिसीलाई जित्नु ठूलो कुरा थियो तर त्यतिबेला हाम्रो जित पोखराभित्रै सीमित भयो कुनै अवसर पाएनांै ।’ उनले त्यतिबेला ८ ओभरमा २ विकेट लिएका थिए । टिममा यति बेला यु–१६ का खेलाडी पनि भएकाले उनीहरुले राम्रो अवसर पाउने उनको भनाइ छ ।
कास्की–११ र मुख्यमन्त्री–११ को टिमबाट नेपाली राष्ट्रिय टोलीका किशोर महतो, दीपेश श्रेष्ठ जस्ता अलराउन्डर खेलाडी समावेश छन् । यसैगरी एमसिसीविरुद्ध ४ वर्ष अघि ७५ रनको योगदान दिने अनील गुरुङसमेत टिममा समावेश हुनेछन् भने विपीन खत्रीसमेत टिममा रहने प्रशिक्षक प्रजुले बताए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया