अर्घाखाँचीमा कार दुर्घटना हुदाँ तीन जनाको मृत्यु

समाधान संवाददाता २०७६ कार्तिक २० गते १४:४६

समाधान संवाददाता, काठमाडाैं

अर्घाखाँची सन्धिखर्कको नरपानीमा बिहान भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

रुपन्देहीको सैनामैनाबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान आठ बजेर ४० मिनेटमा सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी बजार नजिकै दुर्घटनामा परेको थियो।

Advertisement

दुर्घटनामा परी सैनामैना नगरपालिका वडा नं. २ मुर्गियाका ७० वर्षीय दुर्गादेवी खड्का, ४३ वर्षीय भक्त बहादुर खड्का र ४० वर्षीय तिलक बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब निरीक्षक खेमानन्द काफ्लेका अनुसार कार चालक मुर्गियाकै ४९ वर्षीय गंगा बहादुर खड्का र अन्दाजी २६/२७ वर्षीय विनोद खड्का घाइते छन्।

Advertisement

चालकको ठाडा अस्पताल अर्घाखाँचीमै उपचार भइरहेको छ भने गम्भीर घाइते विनोदलाई थप उपचारको लागि बुटवल पठाइएको प्रहरी नायब निरीक्षक काफ्लेले जानकारी दिए।

चालक गंगा र दुर्गादेवी आमाछोरा रहेको बताइएको छ।

उनीहरू जग्गा पासको लागि मुर्गियाबाट सन्धिखर्क जाँदै थिए। प्रहरी र स्थानीयको सहयोगमा घाइते र मृतकहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया