प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई भानु नगरपालिकाको छात्रवृत्ति

बन्दीपुर ।
यहाँको भानु नगरपालिकाले प्राविधिक शिक्षा पढ्नेगरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमराज भण्डारीले जानकारी दिए ।
हरेकविद्यार्थीलाई रु एक लाख ५० हजारका दरले ३९ लाख रकम वितरण गरिएको भण्डारीले बताए । उनले भने, “प्राविधिक जनशक्ति उत्पादन गरी यसै नगरपालिकामा प्राथमिकताका आधारमा उहाँहरुलाई रोजगारी दिने समेत योजना बनाएका छौँ । एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेको अवस्थामा प्रत्येक वर्ष वार्षिक रूपमा रु एक लाखका दरले पाँचवर्षसम्म रु पाँच लाख प्रदान गर्ने निर्णय भएको छ ।”
नगरपालिकाको पाठ्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवनीलगायतका अन्य विषयवस्तु समेटी स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ तयार गरेर कक्षा १ देखि ८ सम्म नगरपालिकाका सबै विद्यालयहरूमा निःशुल्क वितरण गरिएको छ । यस्तो पाठ्यक्रम निर्माण गर्नेमा गण्डकी प्रदेशमै भानु नगरपालिका पहिलो भएको शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले बताए ।
सरकारले बालविकास केन्द्र देखि कक्षा ५ सम्ममा प्रतिव्यक्ति रु १५ का दरले दिवा खाजाका लागि अनुदान दिँदै आएकोमा नगरपालिकाले रु पाँच थप गरी प्रतिविद्यार्थी रु २० पुर्याई कक्षा ६ सम्म विस्तार गरेको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया