‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता–२०८१ बुधबारदेखि

पोखरा । पोखरामा बुधबारदेखि ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा प्रतियोगिता हुने भएको हो । इडेन हेभेन क्रिकेट मैदान, लेखनाथमा भोलिदेखि शुरु हुने प्रतियोगिता चैत १५ गतेसम्म हुने आयोजक महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगितामा ३ टिमले प्रतिष्पर्धा गर्ने पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । यसअघि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा गत फागुन अन्तिम साता भएको अन्तर क्लव टि–२० क्रिकेट प्रतियोगिताबाट छनौट भएका ३६ जना खेलाडीलाई ३ वटा समूहमा विभाजित गरेर प्रतियोगिता खेलाईन लागेको अध्यक्ष पुनले बताए ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न नियमित प्रतियोगिता आयोजना गरिएको उनले बताए । उनका अनुसार निकट भविष्यमा देशका विभिन्न महानगरपालिकाहरुसँग आपसी सद्भाव साट्ने, महानगर–महानगरबीच भाइचारा सम्बन्ध स्थापित गर्ने र खेल पर्यटन प्रवद्र्धन गर्ने आफूहरुको उद्देश्य छ ।
प्रतियोगिताको बिजेता र प्रत्येक दिनको प्लेयर अफ दी म्याचलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
पोखरा महानगरपालिका क्रिकेट संघले नियमित क्रिकेट प्रतियोगिताका आयोजना गरेका कारण राष्ट्रिय स्तरको खेलाडीसमेत जन्माउन सफल भएको छ । पछिल्लो क्रममा यहिंबाट उत्पादन भएकी रचना चौधरी महिला यु–१९ विश्वकप २०२५ र नेपालको महिला राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्न सफल भएकी छन् भने पोखरा महानगरपालिका क्लब स्तरीय टी–२० क्रिकेट प्रतियोगिता २०८० बाट सिविन श्रेष्ठ र सोयल कुँवर पुरुष यु–१९ राष्ट्रिय टोलीको लागि छनौट भई राष्ट्रको प्रतिनिधित्व गर्ने स्तरमा पुगेको अध्यक्ष पुनले दाबी गरे ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया