जिल्ला फुटबल संघ कास्कीका महासचिव बुद्धिबहादुर खत्री क्षेत्रीले दिए राजीनामा

पोखरा । जिल्ला फुटबल संघ कास्कीका महासचिव बुद्धिबहादुर खत्री क्षेत्रीले आफ्नो पदबाट राजिनामा दिएका छन्। क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै व्यक्तिगत तथा प्रशासनिक कारण देखाउँदै आफ्नो पदबाट अलग हुने घोषणा गरेका हुन्।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, जिल्लामा फुटबल खेलको विकास, विस्तार तथा आयोजनामा विभिन्न समस्याहरू देखिएको कारण आफूले महासचिवको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको क्षेत्रीले बताएका छन्। विशेष गरी हालै सम्पन्न भएको शीतल ज्योति कप फुटबल प्रतियोगिताका क्रममा देखिएको व्यवस्थापनगत असहजताका कारण आफू असन्तुष्ट रहेको उनले उल्लेख गरेका छन्।
हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ
प्रस्तुत विषयका सन्दर्भमा जिल्ला फुटबल संघ कास्कीमा आवद्ध क्लब श्री सितल ज्याति युवा क्लव पोखराले चौथो सितल ज्योति कप फुटबल प्रतियोगिता २०८१ पोखरा रंगशालामा सञ्चालन भै रहेको सन्दर्भमा सो प्रतियोगिताको मिति २०८१ चैत ५ गतेको एलजि एसोसिएसन र नव आदर्श सामुदायिक विकास समाज बिचको खेल समाप्ति पछि खेलका सम्बन्धमा प्रोटेम्स परेको र सो प्रोटेस्ट छानविनका लागि आयोजकले जिल्ला फुटबल संघ कास्कीलाई पत्राचार गरेको व्यहोरा अखिल नेपाल फुटबल संघको मिति २०८१ -१२- ७ को च नं.१००३/०८१/०८२ पत्र मार्फत जानकारी प्राप्त भयो। क्वाटर फाईनल खेल्ने एक टिम नव आदर्श सामुदायिक विकास समाज म आवद्ध क्लव रहेको, सो खेल र आयोजको जिल्ला संघमा प्राप्त पत्रका सम्बन्धमा जिल्ला फुटबल संघ कास्कीमा आधिकारिक बहस छलफल नभै अखिल नेपाल फुटबल संघ मा पत्राचार भएको विषयमा मलाई नैतिक दबाब सृजना हुनु स्वभाविक पनि हो । जिल्ला संघको प्रशासनिक जिम्वेवारमा रहने महासचिवलाई पत्राचारको विषयमा अनविज्ञता रही विना कारण प्रतियोगितामा क्लवले सजाय भोगिरहनु परेको विषय म आबद्ध नव आदर्श सामुदायिक विकास समाजमा ठूलै बहस पौरवी भएको समेत स्मरण गराउन चाहन्छु ।
नव आदर्श सामुदायिक विकास समाजले आफ्ना न्यायिक मागका गतिविधि सञ्चालन गर्दा म जिल्ला फुटबल संघको प्रशासनिक जिम्वेवार रहने महासचिव जस्तो गरिमामय पदमा बहाल रहन मैले सान्दर्भिकता देखिन जस्का कारण फुटबल खेलका विकासमा उपलब्धि प्राप्ति नहुने र संघको समेत चौतर्फी आलोचना हुने हुँदा मैले जिल्ला फुटबल संघ कास्कीको महासचिव पदबाट विनम्रता पूर्वक आजकै मितिबाट स्वीकृत हुने गरी यो राजीनाका पेस गर्दछु ।
आगामी दिनमा फुटबल खेलको विकास र विस्तारमा म मेरो तर्फबाट आफ्नो क्षमताले भ्याएसम्म सकरात्मक तवरबाट सदैव तत्पर रहने समेत प्रतिवद्धता व्यक्त गर्दछु ।
यहाँहरुको सहयोग र सहकार्यको लागि धन्यवाद् ।








अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया