नागढुंगा क्षेत्रमा सिसी क्यामेरा

समाधान संवाददाता २०७६ कार्तिक २६ गते १२:५४

समाधान संवाददाता, पोखरा

पोखरा ८ नागढुंगास्थित सिद्धार्थ राजमार्ग र यससँग जोडिएका ९ वटा सहायक सडक क्षेत्रमा २२ वटा सिसी क्यामेरा जडान गरिएको छ । नागढुंगा विकास समाजको ‘सिद्धार्थ मार्ग सिसी क्यामेरा जडित क्षेत्र अभियान अन्तर्गत २२ वटा क्यामेरा जडान गरिएको समाजले जनाएको छ ।

पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले नागढुंगा विकास समाज महानगरकै उत्कृष्ट संस्था भएको बताए । उनले वडाको अभियानमा पूर्ण सहयोग पुर्‍याएकोमा धन्यवादसमेत दिए । सिसी क्यामेरा जडानपछि सुरु गरिएको सभामा वडा सदस्य कृष्णमान ठुसाजूले समाजको पहलमा भएको सिर्जनात्मक कामले आफूलाई उत्साहित बनाएको बताए । उनले स्थानीयको पहलमा सिसी क्यामेरा जडान लगायत सामाजिक एवं भौतिक क्षेत्रमा नागढुंगा विकास समाजले पु¥याएको योगदानको चर्चा गरे ।

Advertisement

कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका निरीक्षक वुद्धिसागर पुरीले सिसी क्यामेरा जडानबाट सबैभन्दा खुसी प्रहरी प्रशासन भएको बताए । उनले सिसी क्यामेराको प्रभावकारीतालाई कायम राख्न छिट्टै विशेष कार्यक्रम ल्याइने जानकारी दिए । कार्यक्रममा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले सिसी क्यामेराको महत्व र उपयोगिताबारे प्रकाश पारेका थिए । सभामा स्थानीय चण्डीप्रसाद अर्यालले प्राविधिक पक्षबारे जानकारी दिएका थिए । संस्थापक अध्यक्ष एकनारायण ढकालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नाम मात्रको सिसी क्यामेरा हुनबाट जोगाउन समाज सधैं क्रियाशील हुनु पर्नेमा जोड दिए । कार्यक्रममा क्यामेरा तथा बत्ती जडान उपसमितिका संयोजक नरबहादुर थापा, स्थानीय प्राविधिक चण्डीप्रसाद अर्याल, ऋषिराम शर्मा, गंगादेवी ढकाल र प्राविधिक मातृका पोखरेललाई सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष डम्मरराज सुवेदीको अध्यक्षतामा भएको क्यामेर अन कार्यक्रममा क्यामेराको सुरक्षार्थ नरबहादुर थापालाई संयोजकको जिम्मेवारी दिइएको छ । केशवराज ढकाल र चण्डीप्रसाद अर्याल सदस्य रहेको ३ सदस्यीय संरक्षण उपसमितिले नियमित अनुगमन गर्ने छन् । उपसमिति सल्लाहकारमा बैदाम प्रहरी निरीक्षक वुद्धिसागर पुरी, अस्थायी प्रहरी पोस्ट सिर्जनाचोकका इन्चार्ज यामप्रसाद गौतम, वडा सदस्य लक्ष्मी कौशल रहेका छन् । स्थानीयको ५ लाखको लागतमा कार्यक्रम सम्पन्न भएको समाजका सल्लाहकार भीमनाथ बरालले जानकारी दिए । कार्यक्रम सञ्चालन सचिव अपिला बरालले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया