प्रथम भैरवथान कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि कुसम र कृष्णलाई

पोखरा । हरिनास विरुबा ब्याडमिन्टन ग्रुप पोखराद्वारा आयोजित प्रथम भैरवथान कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि कुशम आले र कृष्ण गुरुङको जोडीले जितेको छ । फाइनलमा नीलबहादुर गुरुङ र कुलबहादुर गुरुङको जोडीलाई २–० सेटले पराजित गर्दै कुशम र कृष्णले उपाधि जितेका हुन् ।
देवबहादुर गुरुङ र टुकराज गुरुङको जोडी तथा छवि थापा र सम्झना खत्रीको जोडीले तेस्रो बने । विजेतालाई नगद १६ हजार, ट्रफी र मेडल, उपविजेतालाई १२ हजार,। ट्रफी र मेडल साथै तृतीय दुवै टिमलाई ६ हजार र मेडलसहित पुरस्कृत गरीएको खेल संयोजक लील गुरुङले जानकारी दिए ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा २६ टिम सहभागी थिए । हरिनास स्याङजाका समाजसेवी हवल्दार तुलाराम थापाको ८४ औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिताका विजेतालाई कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुशीलकुमार श्रेष्ठ, हरिनास गाउँपालिका उपाध्यक्ष ईन्द्रा थापा राना, गाउँपालिकाका प्रवक्ता ओमप्रकाश सिग्देल, रेडियो नेपाल पोखराका प्रमुख शान्ति गुरुङ, कलाकार कुमार पुन, नेबिको लिमिटेडका सुरज उपाध्याय, व्यवसायी प्रमित सिंङ, आँधीखोला तमु समाजका उपाध्यक्ष लीलबहादुर गुरुङ, समाजसेवीहरु धनबहादुर गुरुङ, महेशकुमार थापा लगायतकाले पुरस्कार प्रदान गरेका थिए ।






कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया