अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले आयोजना गरेको अन्तर सामुदायिक मैत्रिपूर्ण ब्याडमिन्टन प्रतयोगितामा आयोजकको जोडि प्रथम भएको छ ।
प्रतियोगितामा आयोजकको तर्फबाट फणिन्द्र प्रसाद तिमिल्सिना र विशाल खड्काको जोडि प्रथम त्यस्तै आयोजककै प्रदिप श्रेष्ठ र विशाल बस्नेतको जोडि द्धितीय भए ।
प्रतियोगितामा सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा कालिकाका हरि बहादुर बुढाथोकी र बिष्णु बहादुर अधिकारीको जोडि तेस्रा भए ।
प्रथम र द्धितीयलाई क्रमश २० हजार १५ हजार र ट्रफि प्रदान गरिएको थियो भने तृतीयलाई सान्त्वना स्वरुप नगद ४ हजार प्रदान गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखराको २२ औ स्थापना दिवसको अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की, सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की, पृथ्वीचोक, बैदाम, लेखनाथ, माटेपानी र कालिका बीच प्रतिस्पर्धा भएको थियो ।
कार्यक्रममा पुरस्कार वितरण गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर के.सीले सामुदायिक सेवा केन्द्रको २२ वर्षको योगदानको कदर गर्दै आगामि दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरा उल्लेख गरे ।
सामाजिक कार्यका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग समेत गर्ने उनले प्रतिवद्धता जनाए ।
यता कार्यक्रमको पहिलो सत्रको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले समुदायको एकता र स्वास्थ्यलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित यस प्रकारको कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीकी प्रथम उपाध्यक्ष विष्णु सुवेदी, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सिता गुरुङ सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा कालिकाका अध्यक्ष प्रविण नेपालीले बोलेका थिए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक फणिन्द्र प्रसाद तिमिल्सिनाले स्वागत र सचिव कृष्ण बहादुर तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया