१ सयले गरे आँखादान प्रतिबद्धता

समाधान संवाददाता
पोखरा
पोखरामा १ सय ४ जनाले मरणोपरान्त आँखादान गर्ने प्रतिबद्धता गरेका छन् । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजनामा बुधबार भएको आँखादान तथा सचेतना कार्यक्रममा उनीहरुले आँखादानको प्रतिबद्धता गरेका हुन् ।
मृत्युपछि आँखादान गरेर अन्य दृष्टिविहीनलाई प्रत्यारोपण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले बताए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ का गभर्नर इन्दु लम्सालले आँखादानको घोषणा गर्नु महान पुण्यको कार्य भएको बताइन् । ‘मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सचेतना फैलाउन पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भनिन् ।
१ जनाले आँखादान गर्दा कम्तीमा पनि २ जना दृष्टिविहीनले संसार देख्न सक्ने हिमालय आँखा अस्पताल पोखराका कम्युनिटी इन्चार्ज सुवास नेपालले बताए । ‘आँखादानको निकै ठूलो महत्व छ,’ उनले भने, ‘मरेपछि खेर जाने आँखा दान गर्दा अन्य व्यक्तिले संसार देख्नु निकै ठूलो पुण्य कार्य हो ।’
डिस्ट्रिक्टका फस्ट भाइस गभर्नर मनबहादुर रोका, सेकेन्ड भाइस गभर्नर विश्वेश्वर आचार्य, क्याबिनेट सेक्रेटरी विनोद ढुंगाना, नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठ, जोन चियरपर्सन ठाकुरप्रसाद अधिकारी, प्रथम उपाध्यक्ष विश्वास भण्डारी, द्वितीय उपाध्यक्ष रविराज भुत्र्याल, सहसचिव त्रिलोचन गौतम लगायतले बोलेका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया