हरिमाया गुरुङको निधनमा कांग्रेस दुखी

समाधान संवाददाता २०७६ कार्तिक २९ गते १२:५९

समाधान संवाददाता, पोखरा

नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर ३ की महासमिति सदस्य हरिमाया गुरुङको निधनप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ ।

कांग्रेस क्षेत्र नम्बर ३ का सभापति पोषनाथ शर्माले शोक विज्ञप्ति जारी गर्दै महासमिति सदस्य गुरुङको असमायिक निधनले पार्टी स्तबध भएको जनाएका छन् ।

Advertisement

‘अत्यन्त सरल, इमान्दार राजनीतिमा निरन्तर क्रियाशील गुरुङको निधनले पार्टीलाई अपूरणिय क्षति भएको छ,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदन व्यक्त गर्दछौं ।’

पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङकी धर्मपत्नी हरिमाया राजनीतिसँग विभिन्न संघसंस्थाको नेतृत्व समहाल्दै सामाजिक क्षेत्रमा काम गर्दै आएकी थिइन् । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ निबासी हरिमाया गुरुङको ६८ वर्षको उमेरमा कात्तिक २३ गते निधन भएको हो । स्वर्गीय गुरुङका श्रीमान, एक छोरा र एक छोरी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया