शिक्षा ऐनको माग गर्दै शैक्षिक हड्ताल घोषणा

पाेखरा ।
शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित लामो समयदेखि आन्दोलनरत शिक्षकहले काठमाडौंमा निर्णायक र सशक्त प्रदर्शन सुरु गरेका छन्। नेपाल शिक्षक महासंघले साेमबार देखि देशभर आम शैक्षिक हड्तालको घोषणा गरिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आइतबार विज्ञप्ति जारी गर्दै देशभरका सम्पूर्ण विद्यालयहरु बन्द गरी सबै शिक्षक तथा कर्मचारीहलाई काठमाडौंको आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुन आह्वान गरेका छन्।
विज्ञप्तिमा भनिएकाे छ, ‘२५ गतेबाट सुरु हुने आम शैक्षिक हड्ताललाई थप सशक्त र निर्णायक बनाउन सम्पूर्ण शिक्षक–कर्मचारीहरुको उपस्थितिलाई अनिवार्य गरिएको छ।’ आन्दोलनमा सहभागी शिक्षकहरुले यसलाई शिक्षा ऐन जारी गराउने अन्तिम प्रयासका रुपमा लिएको बताएका छन्।
माघ २० गतेदेखि सुरु भएको आन्दोलनको क्रमलाई निरन्तरता दिँदै शिक्षकहरु चैत २० देखि काठमाडौंमा सडक प्रदर्शन गर्दै आएका छन्। उनीहरुले गुणस्तरीय र शिक्षक–विद्यार्थी मैत्री शिक्षा ऐनको आवश्यकता औंल्याउँदै सरकारसँग ऐन तुरुन्त जारी गर्न माग गर्दै आएका छन्।
शैक्षिक हड्तालको अवधिभर महासंघले शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालीम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायत कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुन आग्रह गरेको छ।









पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया