नयाँगल्लीलाई भेट्रान्स कपकाे उपाधि

समाधान संवाददाता २०७६ मंसिर १ गते १२:३०

समाधान संवाददाता
पोखरा

इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा सम्पन्न ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३५ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’ को उपाधि आयोजक नयाँगल्ली) ले जितेको छ ।

पुरानो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा एलजी एसोसिएसनलाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्दै आयोजनकले उपाधि जितेको हो । आयोजकको जितका लागि सन्तोष गुरुङले १ र नरेश केसीले २ गोल गरे । खेल अवधिभर एलजीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न पर्‍यो ।

Advertisement

कपको उपाधिसँगै नयाँगल्लीले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ६६ हजार प्राप्त गर्‍यो भने उपविजेता टिम एलजीले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ४० हजार हात पार्‍यो ।

प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीको रुपमा नयाँगल्लीका दिलीप गु्रुङ पुरस्कृत बनेसँगै रुपाकोट रिसोर्टमा १ रात निशुल्क खाना तथा आवासको हकदार बने । त्यस्तै सर्वाधिक गोलकर्ताको रुपमा सोही टिमकै नरेश केसी, उत्कृष्ट मिडफिल्डर आयोजककै झकबहादृुर क्षेत्री, उत्कृष्ट गोलरक्षक सोही टिमकै सुमन गुरुङ घोषित भए भने उत्कृष्ट डिफेन्डर एलजीका सुनिल राना बने ।

Advertisement

फाइनलअघि सम्पन्न जुनियर एकेडेमीतर्फ ढिकुरपोखरी एकेडेमीलाई २–० गोलले पराजित गर्र्दै विष्णुपादुका एकेडेमी हेमजा विजयी बनेको थियो । दुवै टिमका खेलाडीहरुले मेडल तथा सिल्ड प्राप्त गरे । १५ टिमको सहभागितामा कात्तिक २५ देखि सञ्चालनमा रहेको प्रतियोगिताको विजेता तथा उपविजेता टिमका खेलाडीलाई पोखरा महानगरपालिका १ का अध्यक्ष शारदा पराजुली, स्व. देश्ना चन्दका पिता विवेक चन्द र माता ग्रीष्मसिंह चन्द, वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दीपक थापामगर, चन्द्र गुरुङ तथा इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया