एबिसी एट ए साइड भेट्रान्स कप रनिङ सिल्ड उपाधि हेटौंडालाई

पोखरा । तेस्रो एबिसी ४५ वर्षमाथि एट ए साइड भेट्रान्स कप रनिङ सिल्डको उपाधि हेटौंडाले हात पारेको छ ।
अमरसिंह ब्वाइज क्लबले आयोजना बिहीबार पोखरा रंगशालामा भएको फाइनल खेलमा हेटौंडा भेट्रान्सले रुपन्देही ११ लाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
उपाधिसँगै हेटौंडाले नगद १ लाख ५५ हजार ५ सय ५५, सिल्ड, मेडल र प्रमाणपत्र पाउँदा उपविजेता रुपन्देही ११ ले नगद ७७ हजार ७ सय ७७ हजार पाएको छ । फाइनल खेलमा पहिलो हाफको १९ औं मिनेटमा हेटौंडाका उमल मोक्तानले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफको २७ औं मिनेटमा अटल बर्माले दोस्रो गोल गर्दै हेटौंडाको उपाधि सुनिश्चित गराए । उक्त खेलमा प्लेयर अफ दी म्याच हेटौडाका उमल मोक्तान घोषित भए । प्रतियोगितामा मोस्ट भ्यालुयबल प्लयेर अफ द टुर्नामेन्टको उपाधि हेटौंडाकै उदय गुरुङले हात पारे । गुरुङले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, एबिसी क्लब अध्यक्ष राजेश गुरुङ, पोखरा १० का वडा सदस्य परमेश्वरबहादुर कार्की, एबिसी हङकङका सल्लाहकार रक्षा गुरुङ, एबिसी युकेका सल्लाहकार भोजबहादुर गुरुङ, गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङ, जिल्ला खेलकुद विकास समिाि अध्यक्ष मिलन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले समाज रुपान्तरण र खेल क्षेत्रको विकासका लागि एबिसी क्लबले महत्वपूर्ण योगदान पुर्याएको बताइन् । अमरसिंह ब्वाइज क्लब (एबिसी) अध्यक्ष राजेश गुरुङले प्रतियोगितालाई सफल बनाउन सघाउने सबैलाई धन्यवाद दिए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया