बाटुलेचौरमा दौड प्रतियोगिता हुने
समाधान संवाददाता
२०८१ चैत २८ गते १६:५०
पोखरा ।
पोखराको बाटुलेचौरदेखि जोगीमणिको तुम्केसम्म नयाँ वर्षको दिन शुभकामना दौड हुने भएको छ । हिमालय क्लब र नमुना क्लबको आयोजनामा वैशाख १ गते नयाँ वर्षको स्वागत स्वरुप प्रतियोगिता हुन लागेको हो ।
दौडमा ५० वर्ष माथिका पुरुष र ४९ वर्ष मुनिका महिला तथा पुरुषले सहभागिता जनाउने हिमालय क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए । मैदानबाट बिहान सुरु हुने दौड नमुना खेल मैदान तुम्के पुगेर सकिनेछ ।
दुवै विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद ५ हजार, ३ हजार, १ हजार र सान्त्वना पुरस्कार प्रदान गरिने अध्यक्ष थापाले बताए । कार्यक्रममा वडा नं. १६ र १९ का बासिन्दाले सहभागिता जनाउन सक्ने क्लबले जनाएको छ ।
सम्बन्धित








फूलबारी मन्टेसरी २७ वर्षमा
थकाली सेवा समितिको केन्द्रिय अध्यक्षमा शान्ति तुलाचन
सरल छविका थिए प्रशान्त तामाङ
‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया