कालिगण्डकीमा मोटरसाईकल खस्दा १ विदेशी पर्यटकको मृत्यु

स्कटल्याण्डका पर्यटक मोटर साईकल चढेर मुस्ताङ आउदै गर्दा सडकबाट नदीमा खसेपछि उद्दारमा खटिदै सुरक्षाकर्मी । तस्विरः जिप्रका मुस्ताङ ।
एसके थकाली, जोेमसोम
पोखरा देखि म्याग्दी हुँदै मुस्ताङ आउदै गरेका मोटर साईकलमा सवार एक विदेशी पर्यटक आईतबार म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी – जोमसोम सडकबाट ३ सय मिटर तल कालिगण्डकी नदीमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
एचपि ५८ ए ३८६० नम्बरको मोटरसाईकल यात्राका क्रममा अनियन्त्रित भई सडकबाट खसेको मुस्ताङका प्रहरी प्रबत्ता आशिष अधिकारीले जानकारी दिए । उनका अनुसार पार्सपोर्ट नम्बर ५२५९५८६४ उल्लेख भएको वर्ष ६० का स्कटल्याण्डका पर्यटक फानीको आईतबार साझनै एयर डाईनेष्टिक हेलीबाट मणिपाल शिक्षण अस्पतालमा पुर्याई उपचार गर्ने क्रममा मृत्यु भएको हो । दुर्घटना आईतबार दिउसो ३ बजे भएको थियो ।
मुस्ताङ यात्रामा रहेका मोटर साईकलमा सवार फानीको अनुहार र हातमा गम्भिर चोटपटक लागेको थियो । दुर्घटना भएको स्थान मुस्ताङ सदरमुकाम जोमसोम देखि ३५ किलोमिटर दक्षिणमा पर्छ ।
दुर्घटनामा परी ज्यान गुमाएका स्कल्याण्डका पर्यटक फानी सहित उनका ८ जना साथीहरु मोटरसाईकल चढेर मुस्ताङ आउदै गरेको प्रहरीको भनाई छ । उनीहरुको टोलीमा चिकित्सक समेत भएको जनाईएको छ । दुर्घटनामा परी घाईत भएका फानीलाई नदीबाट सडकमा ल्याई प्राथमिक उपचार समेत गरिएको थियो । फानी सहितको टोली काठमान्डौंको सोसियल ट्राभलद्धारा मुस्ताङ भ्रमणमा आएको प्रहरी श्रोतले जनाएको छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया