आर्वामा भलिबल सुरु, १६ युवा समूहले प्रतिस्पर्धा

पोखरा । पोखरा १३ आर्वास्थित नवदुर्गा युवा क्लबको आयोजनामा शनिबारदेखि तेस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता सुरु भएको छ । रतन पाण्डे माविको खेल मैदानमा सञ्चालित प्रतियोगिता सोमबारसम्म चल्नेछ ।
गण्डकी प्रदेशका १६ युवा समूहले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका विजेताले नगद ४५ हजार, उपविजेताले नगद ३० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट प्लेयर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले पनि पुरस्कार पाउने छन्।
प्रतियोगिताबाट बचत भएको रकम आर्वाको दादरामा निर्माणाधीन खेलकुद मैदान निर्माणमा खर्च गरिने क्लब अध्यक्ष मनोज बरालले बताए । प्रतियोगिता पोखरा महानगरपालिका वडानं १३ का वडाध्यक्ष किरण बरालले उद्घाटन गरे । उनले नवदुर्गा कप भलिबल प्रतियोगिताको मुख्य प्रायोजक नै वडा कार्यालयले गर्ने जानकारी दिँदै उनले आगामी वर्षमा पनि वडाले निरन्तरता दिदै जाने प्रतिबद्धता जनाए ।
उनले सुविधा सम्पन्न खेलकुद मैदान अभावका कारण खेलकुदप्रति युवाको आकर्षण नभएको तर्क गर्दै उनले आर्वाका दुई स्थान दादरा र दोबाटोमा खेलकुद मैदान बनाउन सुरू गरिएको सुनाए ।
कार्यक्रममा रतन पाण्डे माध्यामिक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद बराल, नवदुर्गा टोलका अध्यक्ष सूर्यप्रसाद बराल, खेल संयोजक सन्त थापा, क्लब उपाध्यक्ष रजनी बराल, सचिव सुदर्शन बराल लगायतले बोलेका थिए । कार्यक्रममा गायक अमर धितालले सांस्कृतिक प्रस्तुति राखेका थिए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया