आइएनएफको ६७ औं वार्षिकोत्सव

समाधान संवाददाता, पोखरा
आइएनएफ नेपालले ६७ औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अति विपन्न वर्गका मानिसलाई लक्ष्य गरी मानव सेवामा जुटिरहेको आइएनएफ अझ प्रगतितर्फ उन्मुख होस् भन्ने कामना गरे । सोही अवसरमा नव निर्मित बहुउद्देश्यीय सिकाइ केन्द्रको समेत प्रमुख अतिथि जिसीले उद्घाटन गरेका थिए ।
विविध गीत तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा सप्ताहव्यापी खेलुकद कार्यक्रम अन्तर्गत सम्पन्न फुटबल, सालु, म्याराथन, व्हिल चियर रेस लगायत विधातर्फ विजेतालाई अतिथिले पुरस्कार वितरण गरेका थिए । २५ वर्षभन्दा बढी सेवा गर्ने चार जना कर्मचारीलाई कदर–पत्र र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा आइएनएफका उपाध्यक्ष राजेन्द्रकुमार अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यकारी निर्देशक कृष्ण अधिकारीले संस्थाको इतिहास र हालका गतिविधि माथि प्रकाश पारेका थिए ।
बोर्ड सल्लाहकारद्वय फिल मोरिस र डा. दीपेन्द्र गौतमको उपस्थितिमा सम्पन्न कार्यक्रममा वडा नं. १५ का वडाध्यक्ष प्रकाश पौडेल, वडा नम्बर १ की वडाध्यक्ष शारदा पराजुली, पोखरेली ख्रिष्टिय समुदायका अध्यक्ष हरिराम घिमिरे र आइएनएफ अन्तर्राष्ट्रियका अध्यक्ष फिल लिंडस्लेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम आइएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीको सभापतित्त्वमा सम्पन्न भएको थियो ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया