सरकारी जागिर खान वडध्यक्षकाे पदबाट राजिनामा

समाधान संवाददाता, दाङ
चुनावको मुखमा सरकारी जागिरेले पदबाट राजीनामा दिएर आफूले रिझाएको दलको उम्मेदवार बनेको त हामीले देख्दै आएको कुरा हो। तर सल्यानमा एक जनाले भने सरकारी जागिर खान वडाध्यक्षबाट राजीनामा दिएका छन्।
जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष दिनेश बिएमले शिक्षक सेवा आयोगको परीक्षामा प्राथमिक तहमा नाम निस्किएपछि वडाध्यक्ष छाडेका हुन्।
उनी अहिले शिक्षक बनेर मुस्ताङ गएका छन्।
२०७४ वैशाख ३१ गते भएको स्थानीय निर्वाचनमा बिएम नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए। वडाध्यक्ष चुनिन भने उनलाई भाग्यले साथ दिएको थियो। तत्कालीन नेकपा एमालेका उम्मेदवार देवेन्द्र रोका र बिएमको समान ३२१ मत आएपछि विजेता छान्न गोलाप्रथा गरिएको थियो। त्यही गोलाप्रथाबाट बिएम वडाध्यक्ष बनेका थिए। वडाध्यक्ष हुँदा बिएम २६ वर्षका थिए।
अंग्रेजीमा स्नातकोत्तर गरेका बिएमलाई एकातिर बिएमको पारिवारिक जिम्मेवारी बढ्दै थियो अर्कातिर गाउँपालिकाभरि नै कांग्रेसबाट निर्वाचित हुने उनी एक्ला वडाध्यक्ष थिए।
‘एक्लै केही गर्न सकिँदो रहेनछ। काम गर्ने वातावरण थिएन,’ बिएमले भने, ‘जति राम्रो काम गरे पनि कांग्रेस कमजोर भएकाले सत्तासिनले जहिले दोषमात्रै देखाए। मलाई त्यो मन परेन।’
साढे २ वर्ष वडाध्यक्ष चलाउँदा उनले भोगेको कुरा हो जताततै राजनीतिक भागबन्डा।
‘कुनै पनि काम गर्दा तेरो मेरो भन्ने, भागबन्डा चाहिने, भनेजति काम नगर्ने अनि धेरै काम देखाउने प्रवृति मलाई मन परेन,’ उनले भने, ‘अनेक जालझेल गरेर विकास निर्माणमा पनि आफ्ना मान्छे घुसाउने, अनियमितता गर्ने अनि त्यसैले जनतालाई झुक्याएर चुनाव जितेर शासन गर्ने प्रवृति निको लागेन।’
पाँच वर्षमा सकिने वडाध्यक्ष छोडेर शिक्षकको स्थायी जागिरको रोज्नुको अर्को कारण आफ्नो आर्थिक अवस्था पनि रहेको उनले बताए।
‘म हुने खाने भन्दा पनि गरी खाने वर्गको परें,’ बिएमले भने ‘बालबच्चा सानै छन्, सबै दाजुभाइ छुट्टीभिन्द भए , मलाई बच्चा पढाउन र घर चलाउन पनि मुस्लिक पर्न थालेको थियो।’
चुनावमा १ लाख ८० हजार रुपैयाँ खर्च गरेका बिएमले पदमा हुँदा एक रुपैयाँ पनि अनियमितता नगरेको दाबी गरे।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया