स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएका छन् ।
जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि सञ्चालित मेलामा भलिबलतर्फ शनिबार प्रिक्वाटरका सबै खेल सकिएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।
उनका अनुसार (भोलि) आइतबार क्वाटरफाइनलसँगै बाँकी सबै चरणका खेल सम्पन्न गर्ने तयारी छ ।
उनले क्वाटरफाइनलको पहिलो खेल ओरस्टे र लामागाउँबीच बिहान ७ बजे सञ्चालन हुने बताए । यस्तै दोस्रो खेलमा कोल्मा र कालीकोट ८ बजे प्रतिस्पर्धा गर्नेछन् ।
तेस्रो खेलमा भने सालडाँडा जामुने र भोर्ले भिड्ने अध्यक्ष रानामगरले जानकारी दिए । उनका अनुसार क्वाटरफाइनलको अन्तिम खेलमा गैया र गहते टिम ‘बि’ बीच प्रतिस्पर्धा हुनेछ ।
बाहुले आफुलाई बाईमा पार्न सफल बन्दै अघिल्लो चरणमा प्रवेश गरिसकेको छ ।
आज (शनिबार) दोस्रो चरया र प्रिक्वाटरफाइनलका गरी ९ वटा खेल सम्पन्न भएका थिए ।
भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।
सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।







बागलुङमा पिकअप दुर्घटना: एकको मृत्यु, चार घाइते
फागुन १२ भित्र मतपत्र जिल्ला पुर्याइने, प्रवासी मतदान कानुनको पर्खाइमा
पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया