लायन्स कप भलिबल खेल्न इरानी टोली पोखरा आइपुग्यो

पोखरा । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप खेल्न इरानी टोली पोखरा आइपुगेको छ ।
बैशाख १८ गतेदेखि पोखरामा हुने च्याम्पियनसिपका लागि इरानीको इरान भलिबल क्लब आइतबार पोखरा आइपुगेको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालका डिस्ट्रिक्ट गभर्नर चण्डिप्रसाद अर्यालले जानकारी दिए ।
इरानी टोलीमा राष्ट्रिय स्तरमै खेलेका खेलाडीहरु समावेश रहेको अर्यालले बताए । प्रतियोगितामा इरानी र भारतीय टोलीसहित ६ टोलीले सहभागिता जनाउने छन् । भारतको टोलीको बैशाख १६ गते पोखरा आइपुग्ने डिस्ट्रिक्ट गभर्नर अर्यालले बताए ।
नेपालका ३ विभागीय र गण्डकी प्रदेशले प्रतियोगितामा सहभागिता जनाउनेछन् । पोखरामा पहिलोपटक इन्डोरमा भलिबल हुन लागेको हो । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग खेल खेलाइनेछ । लिगपछि दुवै समूहमा शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।
बैशाख २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । उपविजेता टोलीलाई २ लाख ४४ हजार ४ सय ४४ रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा तेस्रो हुने टिमले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४ सय ४४ र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ८ हजार ४ सय ४४ पाउनेछन् ।
प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ ।
लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको परिप्रेक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवद्र्धन गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।









विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया