भारत सहभागी नभएपछि आर्चरीमा नेपालको आशा

सुरेशराज अधिकारी
पोखरा
पोखरा रंगशालामा १३ औं सागका लागि आर्चरी खेल मैदान तयार पारिएको छ । १३ औं सागमा आर्चरीतर्फ नेपालसमेत ५ देश सहभागी हुने छन् । पोखरामा साग अन्तर्गत हुने खेलमध्ये भौतिक संरचना सबैभन्दा पहिले आर्चरी मैदानको पूरा भएको हो ।
नेपाल १० औं सागमा पहिलो पटक आर्चरीको टिमसहित सहभागी भएको थियो । १० औं साग खेल श्रीलंका भएको थियो । १० औं साग खेलका आर्चरी टिमले सहभागितामात्र जनायो अर्थात् पदक जित्न सकेन ।
१० औं सागपछि नेपाल साग खेलमा निरन्तर सहभागी भएको छ । ११ औं र १२ औं सागमा पदक पनि जित्न सफल भएको छ । बंगालादेशमा भएको ११ औं सागमा टिम रिकर्भतर्फ र भारतमा भएको १२ औँ सागमा व्यक्तिगत तर्फबाट काश्य पदक जितेको इतिहास छ ।
पछिल्ला सागको खेलमा नेपालले पदकको संम्भावना बोकेको खेल अन्तर्गत आर्चरी रहेको आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन बताउँछन् । अघिल्ला वर्षमा भन्दा यस वर्षमा आर्चरीका नेपालको लागि राम्रो अवसर रहेको शेरचनाको भनाइ छ । भारत आर्चरीमा विश्वमा नै राम्रो स्थानमा रहेको छ । ११ औं र १२ औं सहभागी भएको र धेरै पटक जितेको थियो । १३ औं सागमा भारतले भाग नलिएको कारण नेपालको सम्भावना बढेको शेरचनको दाबी छ ।
१३ औं सागमा महिलातर्फ समूह, महिलातर्फ एकल, पुरुषतर्फ समूह पुरुषतर्फ एकल र महिला पुरुष रहेको समूहका प्रतियोगिता गराइनेछ । ५० मिटर दूरी र ७० मिटर दूरी गरी प्रतियोगिता हुनेछन् । धेरै विधा भएका कारण पनि नेपालको सम्भावना लम्बिएको हो । पाकिस्थान, भुटान, श्रीलंका, बंगलादेश र नेपाल आर्चरी प्रतियोगितामा सहभागी हुनेछन् ।
नेपालका ८ जना महिला र ८ जना पुरुष गरी १६ जना आर्चरी बन्द प्रशिक्षणमा रहेका छन् । गत भदौको ३० गते आर्चरीको छनोट गरिएको थियो । २५ लाख लगानीमा १३ औं सागका लागि खेल मैदान तयार पारिएको छ ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया