जोमसोममा मिनी अक्सिजन प्लानको सर्वे

समाधान संवाददाता २०७६ मंसिर ९ गते १४:५४

फोटो क्याप्सनः मुस्ताङ सदरमुकाम जोमसोम अवस्गिथत एक मुस्ताङ जिल्ला अस्पताल ।

एसके थकाली
जोमसोम

मुस्ताङ सदरमुकाम जोमसोमको एकमात्र मुस्ताङ जिल्ला अस्पतालमा अक्सिजन प्लानको सर्वे भएको छ । प्लानको अमेरिकी नेपाल मेडिकल फाउन्डेसनले हालै सर्वे गरेको अस्पतालले जनाएको छ ।

Advertisement

अक्सिजन प्लान मुस्ताङ जिल्लाका लागि लक्ष्यगरी आवश्यकता अनुसार मध्यम उत्पादन क्षमताको हुने जनाईएको छ । समुन्द्री सतह देखि ३८ सय मिटरको उचाईमा अवस्थित मुक्तिनाथको दर्शन गर्न आएका धार्मिक तिर्थालु, उपल्लो मुस्ताङ जाने विदेशी पर्यटक र जिल्लाका अन्य स्वास्थ्य चौकीमा बितरण गर्ने उद्देश्यले अक्सिजन प्लानको सर्वे पूरा भएको अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डन डा. शिव भण्डारीले जानकारी दिए । अक्सिज प्लान गण्डकी प्रदेश र अमेरिकी नेपाल मेडिकल फाउन्डेसनको संयुक्त साझेदारीमा निर्माण हुने डा.भण्डारीले बताए ।

अक्सिजन प्लानका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २५ लाख बजेट बिनियोजन गरेको छ भने प्लानका लागि प्राविधिक सहयोग तथा थप आर्थिक सहयोग उक्त फाउन्डेसनले व्यवहोर्ने प्रतिवद्धता भएको अस्पताल श्रोतले बताएको छ । प्लान निर्माणका लागि फाउन्डेसनका विदेशी प्राविधिक टोलीले अस्पतालमै पुगेर प्राविधिक अध्ययन र निरीक्षण गरेका हुन् । टोलीले प्लानको लागत स्टमेट सहित यसको तैयारी गर्ने डा. भण्डारीले उल्लेख गरे ।

Advertisement

मुस्ताङमा अक्सिजन प्लान नहुदा यसको संञ्चय र ढुवानीमा समस्या पर्दै आईरहेको थियो । स्थानीय स्तरमा अक्सिजन उत्पादन भएको खण्डमा जिल्लाका अन्य स्वास्थ्य चौकीमा बितरण गर्न र अस्पतालका प्रत्येक वार्डहरुमा पाईप लाईन मार्फत अक्सिजनको सुविधा उपलब्ध गराउन सहज हुने अस्पतालको भनाई छ ।

मुस्ताङमा हाईअल्टिच्युडका कारण बर्सेनि दर्जनौ धार्मिक तिर्थालु र विदेशी पर्यटक उपयुक्त समयमा अक्सिजनको अभावमा ज्यान गुमाउन बाध्य छन् । मुक्तिनाथमा अक्सिजन सहितको हेल्थ क्याप स्थापना गर्न र उपल्लो मुस्ताङका स्वाथ्य चौकीमा अकिसजनको संञ्चय हुनसके अल्टिच्युडकै कारण पर्यटकले ज्यान गुमाउने अवस्थाको अन्त्य हुने मुस्ताङका सांसद ईन्द्रधारा बिष्टले उल्लेख गरे ।

फोटो क्याप्सनः मुस्ताङ सदरमुकाम जोमसोम अवस्गिथत एक मुस्ताङ जिल्ला अस्पताल । समाधान।

तपाईको प्रतिक्रिया