पोखरा आदर्श स्कुलमा युवा रेडक्रस सर्कल पुनर्गठन

पोखरा ।
पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा युवा रेडक्रस सर्कलको पुनर्गठन बिहीबार गरिएको छ ।
आधारभूत र माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको भेलाबाट अध्यक्ष अवान्तिका आचार्य, उपाध्यक्ष उत्तम रिजाल, सचिव निश्मा पाइजा,कोषाध्यक्ष प्रशान्त केसी, सह सचिव एम्मी अधिकारी, सह कोषाध्यक्ष अभिनव सापकोटा चयन भए। त्यसै गरी सदस्यहरुमा क्रमशः अमन नेपाली ,सुम्निमा राई, इशान अधिकारी, अपि अधिकारी, सरिना कार्की, सत्यम सुनार, आरिफ बिक, एन्जल सुनार, शिशिर राई, सम्पदा ढकाल, खुसी लुङ्वा, सुशान्त परियार करुणा गौतम र सज्जाद आलम चयन भएका छन् ।
भेलाबाट शिक्षक नायकका रूपमा पुण्य जिसी र सहनायकमा जानुका सुवेदी पौडेल चयन भएका छन् भने संरक्षकका रूपमा विद्यालयका प्राचार्य फणिन्द्र प्रसाद अधिकारी रहेको जानकारी विद्यालयका उप प्राचार्य ज्ञानेश्वर सुवेदीले दिए ।
सर्कल पुनर्गठन लगत्तै विश्व रेडक्रस दिवसको अवसरमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नम्बर १ की सदस्य तथा विद्यालय व्यवस्थापन समितिकी सदस्य श्री शोभा गुरुङ र देवी पञ्चांग ज्येष्ठ नागरिक दिवा मिलन केन्द्रकी अध्यक्ष रुजी पराजुलीको बिशेष उपस्थितिमा बगरचोकमा डस्टबिन राखेर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा वडा सदस्य शोभा गुरुङले विद्यालयबाट भएका यस्ता सामाजिक क्रियाकलापले समाजमा जनचेतना फैलनुका साथै यी कार्यहरु प्रेरणादायी हुने धारणा व्यक्त गरिन् ।साथै विद्यालयका प्राचार्य फणिन्द्र प्रसाद अधिकारीले विद्यालयमा समयानुकुल सामाजिक एवम् सेवामुखी कार्यक्रमको आयोजना गरिरहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया