विद्यार्थीलाई पोशाक र स्टेसनरी सहयाेग

पोखरा ।
असल छिमेकी सहयोग संघ नेपाल (गोनेसा)ले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई विद्यालय पोशाक, झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
बालबालिका विद्यालय भर्ना सहयोग कार्यक्रम अन्तर्गत छोरेपाटन माविका ७२, जानकी आधारभूत विद्यालयका ४१ र विन्ध्यबासिनी माविका २७ गरी १ सय ४० विद्यार्थीलाई विद्यालय पोशाक, स्टेसनरी र झोला वितरण गरेको संस्थाका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए । उनले शैक्षिक सत्रमा विभिन्न २१ विद्यालयका ४ सय १८ बालबालिकालाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिने बताए ।
गण्डकी प्रदेश सभाका सदस्य भीम कार्कीले शिक्षा स्वास्थ्य र पोषणको क्षेत्रमा राज्यका निकायले गर्नुपर्ने काम सामाजिक संघ संस्थाले गरेको बताए । उनले कठिन परिस्थिति तथा विपन्न वर्गका बालबालिकालाई भएको सहयोगले अध्ययनको लागि मद्दत पुग्ने चर्चा गरे ।
‘विपन्न वर्गका बालबालिकालाई सम्पन्न बनाउन र विद्यालयसम्म पहुँ च पुर्याउन संस्थाको सहयोग रहेको छ,’ उनले भने, ‘अभिभावकको आय आर्जन, उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न सामाजिक संस्थाको योगदान रहेको छ ।’ उनले समाजमा रहेको विद्यमान विभेद र आर्थिक असमानता हटाउन संस्थाको योगदान रहेको जनाए । उनले विद्यार्थीलाई असल संस्कार र योग्य नागरिक बनाउन आवश्यक रहेको बताए ।
पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले बाल बालिकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा संस्थाले अभिभावकको भूमिका खेलेको चर्चा गरिन् । संस्थाको सहयोगले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पढ्न सहयोग पुगेको उल्लेख गर्दै उनले सरकारले गर्नुपर्ने काम संस्थाले गरेको बताइन् ।
गोनेसाका अध्यक्ष सुवेदीले समुदाय र विद्यालय स्तरको बाल विकास केन्द्रमा पढेर कक्षा १ मा भर्ना हुनेदेखि कक्षा ११ र १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई विद्यालय भर्ना र अध्ययनका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री सहयोग गर्दै आएको जानकारी दिए । उनले विद्यालय भर्ना सहयोग कार्यक्रमको सेवा लिएका विद्यार्थीले आवश्यक स्वास्थ्य उपचार निशुल्क रुपमा पाएको उल्लेख गरे ।
दातृ निकाय भिस्पे इटालीको सहयोगमा भएको कार्यक्रममा गोनेसा पोखराका कार्यसमितिका सदस्य केशु भुजेल, शिवबुद्ध टोल विकास संस्थाका अध्यक्ष यमप्रसाद पौडेलले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाल बालिकालाई शैक्षिक सहयोग गरेको बताए ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया