मानुङकोटमा हाइकिङ

समाधान संवाददाता २०८२ वैशाख २९ गते १२:३५

पोखरा ।
हाइकर्स क्लब नेपालको हाइकिङ भाग ५८ तनहुँको मानुङकोट पुगेर सकिएको छ । क्लबले स्वास्थ र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ ५ वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गर्दै आएको छ ।

Advertisement


पोखराको दरबारथोकमा भेला भएर नगर बसमा पृथ्वी राजमार्गको मानुङकोट चोकबाट पैदलमार्ग हुँदै व्यास नगरपालिका वडा नं ५ को १ हजार ८० मिटरमा रहेको पर्यटकीय स्थान मानुङकोटसम्म हाइकिङ गरिएको थियो भने फर्कदा मानुङकोटबाट म्याग्दे गाउँपालिका वडा नं १ ताक्राङ हुँदै पृथ्वी राजमार्गमा आएको थियो ।


हालसम्म क्लबले गण्डकी प्रदेशका ३ जिल्ला कास्की, स्याङ्जा र तनहुँका विभिन्न ठाउँमा हाइकिङ गराउँदै आएको र तनहुँका थप्रेक गाउँ, दगाम सामुदायिक होमस्टे, किल्चोक अकला मन्दिर, भिमादको घाङ्च ल्हुममा हाइकिङ कार्यक्रम सम्पन्न गरिसकेको क्लबका अध्यक्ष तथा पत्रकार कृष्ण रानाभाटले बताए ।

तपाईको प्रतिक्रिया