जन्मदिनमा जानकी माविमा अक्षयकोष स्थापना

समाधान संवाददाता २०८२ वैशाख २९ गते १५:११

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ महतगौडाका एलेक्स शर्मा भण्डारीले जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जन्मदिनकाे अवसरमा भण्डारीले ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना र विद्यार्थीलाई १० हजार मुल्य बराबरको शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाएका हु ।

Advertisement


इन्फोम्याटिक कलेज रानीपौवामा स्नातक तह प्रथम वर्षमा अध्ययनरत भण्डारीले खाजा खर्च कटाएर जम्मा गरेको रकमले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् भने बुबा नगेन्द्र शर्मा र आमाद्धय लक्ष्मी र अनिताले विद्यालयमा अक्षयकोषको स्थापना गरेका हुन् ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारी, व्यवस्थापन समितिका सदस्यहरु, प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक तथा विद्यार्थीको उपस्थिति थियाे ।


२०३५ सालमा स्थापना भएको विद्यालयमा तीन सय भन्दा बढी विद्यार्थी छन् । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यालयले बाँसका सामाग्री बनाउने सिपमूलक कार्यक्रम समेत सञ्चालन गरेको छ । यसकाे लागि गण्डकी प्रदेश सरकारले पाँच लाख रुपैयाँ विनियोजन गरेको प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया