राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
समाधान संवाददाता
२०८२ वैशाख २९ गते १७:००

दमौली ।
राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गरेको स्थानीय श्रीहरि पौडेलले जानकारी दिए । राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गरेका थिए ।
राष्ट्रपति पौडेलको पुख्र्यौली थलो रिस्ती हो । राष्ट्रपति पौडेलले आजै काठमाडाैँ फर्किने कार्यक्रम रहेको छ ।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया