दर्शन साकोसद्वारा अचार बनाउने तालिम

समाधान संवाददाता २०८२ वैशाख ३० गते ११:२६

पोखरा ।
पोखराको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिला शेयर सदस्यहरुलाई उद्यमशील बनाउने उद्देश्यले अचार बनाउने तालिम गरेको छ । तालिममा प्रशिक्षक अनामिका श्रेष्ठले नेपाल ठकुरी संगम परिवार कास्की, ठकुरी महिला परिवार, ठकुरी भूतपूर्व परिवार तथा ठकुरी युवा परिवार कास्कीका महिला सदस्यहरूलाई मासु, मेथी र लसुनको अचार बनाउने सीप प्रदान गरेका थिए ।

Advertisement


नेपाल ठकुरी संगम परिवार कास्कीको प्रांगणमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष राजाराम शाहीले महिला सदस्यहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए । उनले तालिमबाट प्राप्त सीपको प्रयोग गरी व्यवसाय थालनी गर्न चाहनेलाई संस्थाले नीति नियमअनुसार आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रशिक्षक श्रेष्ठले सहभागी महिलाहरूले घरमै बसेर खाली समयको उपयोग गरी अचार उत्पादन गरेर आय आर्जन गर्न सक्ने विश्वास व्यक्त गरे । उनले तालिममा सिकिएको सीप प्रयोग गरी अचार उत्पादन तथा बिक्री गर्न सहभागीलाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया