बेलायतमा बस्ने सबिना श्रेष्ठद्वारा मानव सेवा आश्रमलाई ५० हजार रुपैयाँ सहयोग

समाधान संवाददाता २०८२ वैशाख ३१ गते ५:२५

पोखरा । बेलायतमा बसोबास गर्दै आएकी सामाजिक अभियन्ता सबिना श्रेष्ठले मानव सेवा आश्रम, विराटनगरलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छन्। उक्त सहयोग रकम नेपालस्थित आमा बिना श्रेष्ठमार्फत आश्रम परिसरमै हस्तान्तरण गरिएको हो।

Advertisement

भक्तपुरकी सबिना श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS) युकेकी कार्यवाहक अध्यक्ष तथा नेपाल प्रेस युनियन युरोपकी उपाध्यक्ष हुन्। बेलायती नेपाली समुदायमा सक्रिय रहेकी श्रेष्ठ सामाजिक तथा मानवीय सेवामा निरन्तर योगदान दिँदै आएकी छन्।

मानव सेवा आश्रमले देशभरका विपन्न, असहाय तथा आपतमा परेकालाई आश्रय र सेवा प्रदान गर्दै आएको छ। पछिल्ला वर्षहरूमा यसको सेवा सञ्जाल विदेशमा समेत विस्तार भइरहेको छ।

Advertisement

सबिना श्रेष्ठले यसअघि भूकम्पपीडितहरूका लागि राहत, सांस्कृतिक संरचना पुनर्निर्माण, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सहयोगलगायत विविध क्षेत्रहरूमा सहयोग पुर्‍याउँदै आएकी छिन्। यसपटकको सहयोग पनि उनले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युकेमार्फत पठाएकी हुन्।

श्रेष्ठको यस प्रकारको मानवीय योगदानले देश–विदेशमा रहेका नेपालीहरूबीच सामाजिक उत्तरदायित्वप्रति प्रेरणा थपेको आश्रमले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया