महिलाअधिकार सचेतना

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ कोलपाटनमा बिहीबार मानवअधिकार र महिला अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा इन्सेक गण्डकी प्रदेश पोखराले आयोजना गरेको कार्यक्रममा ५५ जनाको सहभागिता थियो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले मानव अधिकार, महिला मानव अधिकार, रक्षक सञ्जाल कास्कीका पूर्व अध्यक्ष सवनम शर्माले महिला अधिकार र जिल्ला प्रहरी कार्यालय कास्कीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख सरला ढकालले लैंगिक हिंसा र न्यूनीकरणका लागि भएका प्रयास तथा अनलाइन दुव्र्यवहारबाट बच्ने उपाय विषयमा सहजीकरण गरे ।
पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले मानवीय विकास नभएसम्म भौतिक पूर्वाधार विकासको अर्थ नरहने बताए । ‘पूर्वाधार विकासको अलवा मानवीय विकासका लागि वडा कार्यालयले ध्यान दिएको छ,’ उनले भने, ‘भौतिकसँगै मानवीय विकास नभएसम्म सन्तुलित विकास हुन सक्दैन ।’ उनले नागरिकको सशक्तीकरण र अधिकार भएको खण्डमा समग्र विकासमा सहयोग पुग्ने उल्लेख गरे ।
लैगिंक हिंसा, मानव बेचविखन र साइबर क्राइमबाट महिलालाई जोगाउन नसके विकासको अर्थ नरहने उनले उल्लेख गरे । उनले वडा कार्यालयले महिलाको नेतृत्व र सीप विकासको क्षेत्रमा काम गरेको जानकारी दिए । कोलपाटन आमा समूहका अध्यक्ष सावित्रा पौडेलले वडाका महिलाको क्षमता विकासका लागि कार्यक्रम फलदायी भएको टिप्पणी गरिन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया