लेखनाथका उद्योगी, व्यवसायी भ्रमणमा
समाधान संवाददाता
२०८२ जेठ २ गते १६:४२
लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघको कार्यसमिति बिहीबारदेखि ४ गतेसम्म पूर्वी नेपालमा रहेका विभिन्न चेम्बर अध्ययन अवलोकन भ्रमणका लागि प्रस्थान गरेको छ ।
विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले गरेका गतिविधिको जानकारी लिने र दुई संघ बिचको भाइचारा अझ प्रगाढ बनाउने मुख्य उद्देश्य लिएर भ्रमण आयोजना गरिएको हो ।
संघका अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्ष कृष्णहरि भण्डारी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी, महासचिव जानुका पराजुली अधिकारी, उपमहासचिव भरतराज ओझासहित २२ सदस्यीय टोली भ्रमणमा छ । टोली धुलिखेल, दोलखा, खोटाङ, सिन्धुली, हेटौडा भ्रमण र विभिन्न चेम्बर अवलोकन गरी फर्किनेछ ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया