भदौरे पञ्चासे महोत्सव पौष ३ गतेदेखि

समाधान संवाददाता, पाेखरा
अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा आयोजना हुने २२ औं भदौरे पञ्चासे महोत्सव पौष ३ गतेदेखि शुरु हुने भएको छ । पौष ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा तमु ल्होसार तथा दोश्रो कोदो महोत्सवसमेत हुने भएको हो ।
भदौरे क्लव र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा सहयोगिको भुमिकामा अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवको आकर्षणमा पुरुष भलिवल, कोदोको परिकार तथा साँस्कृतिक कार्यक्रम रहने महोत्सव संयोजक सन्तोष गुरुङले बताए । आन्तरिक तयारी भईरहेको बताउँदै संयोजक गुरुङले पुरुष भलिवलमा ३० टिमको सहभागिता रहने जानकारी दिए । पुरुष भलिवलमा प्रथम हुने टिमलाई ७० हजार, दोश्रो हुने टिमलाई ४० हजार र सेमिफाईनलमा पुग्ने टिमलाई ५÷५ हजार पुरस्कार राखिएको आयोजकले बताएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न कोदोको परिकार राखिने भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले बताए । उनी भन्छन्– ‘महोत्सव अवलोकन गर्न आउनेलाई मनोरञ्जन गराउनका लागि साँस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गर्नेछौं । सुन्दर गाँउ अवलोकन गरि यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको व्यवस्था रहेको छ ।’ स्थानीय स्तरमा उत्पादित परम्परागत प्राङ्गारिक खानाका परिकारहरुको स्वाद महोत्सवमा लिन पाइने क्लवका अध्यक्ष गुरुङ वताउँछन् ।
पर्यटक आवासको लागि गाँउमा होटेल तथा होमस्टेहरु सञ्चालित रहेका छन् । साविक भदौरे तामागी गा.वि.स वडा नं १ मा रहेको उक्त गाँउ पोखरा देखि ३० किलोमिटर पश्चिममा रहेको छ । पञ्चासेको काखमा रहेको सो गाँउ आन्तरीक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो । शितल हावा पानी रहेको सो मनमोहक गाँउ प्रकृतिक सुन्दरताले भरिभराउ छ । सैयौं प्रजातिका सुनाखरि पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठुलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाँउलाइ चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिम श्रृंखला अन्तरगत निलगिरी, धौलागिरि, माछापुछ«े लगाएतका हिमालहरु नजिकै प्रस्टरुपमा देख्न सकिन्छ ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया