ब्रिटिस कलेजको व्यवस्थापनमा पोखरामा ए लेभल

समाधान संवाददाता २०८२ जेठ ३ गते १५:५१

पोखरा ।

Advertisement

कसमस इन्टरनेसनल कलेज (सिआइसी) पोखराले म्यानेजमेन्ट ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । कार्यक्रम द ब्रिटिस कलेज (टिबिसी), काठमाडौंको म्यानेजमेन्टमा सुरु भएको हो । कसमस इन्टरनेसनल कलेज (सिआइसी), पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको ब्रटिस कलेजका नेपाल देशीय निर्देशक अरूणा पाण्डेले जानकारी दिइन् ।

सन् २००६ मा स्थापना भएको कसमस कलेजलाई नयाँ आयाम दिँदै ब्रिटिस कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित लेखनाथ ३० सिसुवामा ए–लेभल सुरु गरेको हो । यससँगै कसमस इन्टरनेसन कलेज अब ब्रिटिस एजुकेसन ग्रुपमा आधिकारिक रुपमा समावेश भएको छ । कार्यक्रम ब्रिटिस ग्रामर स्कुलका सहायक प्रधानाध्यापक पाउल क्लिभ्स र द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले संयुक्त रूपमा आरम्भ गरे ।
क्लिभ्सले भने, ‘गुणस्तरीय शिक्षा राष्ट्रको विकासको आधार हो । कसमस इन्टरनेसनल कलेजको पुनः सुरुवातले हजारौं युवाको भविष्य निर्माणमा टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु ।’ सन् २०१२ मा शिक्षामा रूपान्तरण ल्याउने उद्देश्यसहित काठमाडौँबाट सुरु भएको यसको शैक्षिक यात्रा नेपालभर विश्वासिलो ब्रान्डका रूपमा स्थापित भइसकेको छ ।

हाल ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतका शैक्षिक संस्थामा ६ हजारभन्दा बढी विद्यार्थी छन् । ‘हाम्रा ग्राजुएटहरू विश्वका प्रतिष्ठित कम्पनीहरूमा कार्यरत छन्, कतिपयले आफ्नै स्टार्टअप सञ्चालन गरिरहेका छन् भने थुप्रैले २० भन्दा बढी देशका ख्यातिप्राप्त विश्वविद्यालयहरूमा थप अध्ययन गरिरहेका छन्,’ कार्यकारी अध्यक्ष कँडेलले भने, ‘हामी पोखरामा पनि अन्तर्राष्ट्रिय स्तरको विश्वसनीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं ।’

कार्यक्रममा हिसान, प्याब्सन, एनप्याब्सन, पोखरा उद्योग वाणिज्य संघ लगायतका संघ, संस्था, पत्रकार, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति थियो । ए–लेभलसुरु भएसँगै कलेजले विशेष छात्रवृत्ति योजना घोषणा गरेको छ । योजना अनुसार प्रारम्भिक चरणमा भर्ना हुने विद्यार्थीलाई ५० प्रतिशतसम्म ट्युसन फी छुट, सुरुका २० विद्यार्थीलाई निःशुल्क भर्ना, राष्ट्रिय स्तरका खेलाडी तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई अतिरिक्त छात्रवृत्ति, उपत्यकाका प्रमुख स्थानबाट निःशुल्क यातायात सुविधा उपलब्ध गराइनेछ ।

Advertisement

कलेजमा भर्ना प्रक्रिया सुरु भइसकेको छ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले १० जुन २०२५ भित्र भर्ना प्रक्रिया पूरा गर्नुपर्नेछ । टिबिसीको म्यानेजमेन्टमा कार्यक्रम पुनः सञ्चालन भएसँगै कलेजले विद्यार्थी केन्द्रित वातावरण, व्यवहारिक सिकाइ र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

कसमस इन्टरनेसनल कलेजसँगै ब्रिटिस एजुकेसन अन्तर्गत आबद्ध संस्थामा द ब्रिटिस कलेज–काठमाडौं, द वेस्टमिन्स्टर कलेज–ललितपुर, ब्रिटिस मोडल कलेज, ब्रिटिस प्रोफेसनल कलेज, ब्रिटिस इन्टरनेसनल कलेज, ब्रिटिस ग्रामर स्कुल–रुपन्देही, मदरल्यान्ड स्कुल– स्कुल–चितवन, द उलविच कलेज–लन्डन, द उलविच इन्स्टिच्युट–दुबई र मेरिटाइम बिजनेस कलेज–क्यानाडा छन् ।

तपाईको प्रतिक्रिया