पश्चिमाञ्चल अस्पतालको निमित्त निर्देशकमा सुरेशराज
समाधान संवाददाता
२०८२ जेठ ५ गते १६:२०

पोखरा ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अस्पतालकाे निमित्त निर्देशकमा प्राडा सुरेशराज पौडेललाई नियुक्त गरिएको छ। अस्पतालका निर्देशक भरत खत्रीकाे कार्यकाल सकिएकाले पाैडेललाई नियुक्त गरिएकाे हाे ।
पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि अस्पतालको दैनिक कार्य सञ्चालनका आइतबार देखि लागू हुने गरी निमित्त निर्देशकको जिम्मेवारी दिइएको अस्पतालले जानकारी दिएकाे छ ।
बरिष्ठ कन्सल्टेन्ट सर्जनको रुपमा समेत सेवा दिँदै आएका प्राडा पौडेल लामो समयदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया