कन्या क्याम्पसमा अनुसन्धानमूलक कार्यशाला

पोखरा ।
अनुसन्धान व्यवस्थापन विभाग, कन्या क्याम्पस पोखराको आयोजनामा तीन दिने प्राज्ञिक लेखन तथा प्रकाशन कार्यशालासुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कन्या क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिवलाल मल्लले क्याम्पसले सदैव प्राध्यापकहरूको क्षमता अभिवृद्धिमा जोड दिने कार्यक्रमहरुलाई प्राथमिकता दिँदै आएको र क्यूएए पश्चात यस्ता कार्यक्रमहरूमा थप जोड दिइएको बताए ।
आइतबार चार सत्रमा सम्पन्न कार्यक्रममा डा. पिताम्बर पौडेलले शीर्षक चयन र परिचय, सह–प्राध्यापक दीपेन्द्र पराजुलीले सैद्धान्तिक पूर्वकार्य समीक्षा, मदन प्रसाद बरालले पूर्व अनुसन्धान एवं नीतिहरूको समीक्षा तथा क्षेत्रीय परीक्षा र सह–नियन्त्रक डा. रामनाथ न्यौपानेले अनुसन्धान विधिहरूका विषयमा सहजीकरण गरेका थिए ।
क्याम्पसका प्राध्यापक केशवशरण पराजुलीले सहजीकरण गरेको कार्यक्रममा क्याम्पस प्रमुख सुरेशकुमार मानन्धर, डा. भूमिराज बस्ताकोटी, प्राध्यापक संघका अध्यक्ष दीननाथ अधिकारीले सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता अनुसन्धान व्यवस्थापन विभागका प्रमुख भूमिराज पण्डितले गरेका थिए ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित कार्यशाला जेठ ५, ६ र ७ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा पोखरा महानगरपालिकाका १० वटा क्याम्पसबाट ५१ जना सहभागी छन् ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया