उत्तरी हावाका कारण पाेखरा-जाेमसाेम हवाई सेवा प्रभावित

समाधान संवाददाता २०७६ मंसिर ११ गते १५:०३

एसके थकाली, जोमसोम

भेरियबल उच्च हावाको गतिका कारण पोखरा–जोमसोम हवाई सेवा बिहिबार प्रभावित भएको छ । बिहान ६ः३० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एअर र सुमिट एअरको जहाज रनवेमा अवतरण नगरी पोखरा फर्किएको जोमसोम नागरिक उड््यन कार्यालयका प्रमुख दिपक बिकले जानकारी दिए ।

हिउँदयाम सुरु भए लगत्तै पोखरा–जोमसोम उडान घट्दै गईरहेको छ । सिजनको समय दैनिक १८ उडान सम्म भर्ने गरेको २ एअरलाईन्सका जहाजले मुस्ताङमा जाडो सुरु भएपछि उडान तालिका घटेको हो । बिहिबार तारा र सुमित एअरलाईन्सका २–२ गरी ४ वटा उडान रहेपनि उत्तरी हावाका कारण जहाज अवतरण हुन नसकेको जोमसोम नागरिक उड््यन कार्यालयका प्रमुख दिपक बिकले बताए ।‘ पोखराबाट उडेको जहाज जोमसोममा अवतरण गर्न लागिएको थियो । हावाको गति भेरियबल थियो ,’ उनले भने,‘ जहाजले धावनमार्ग छोएपनि जहाज अवतरण गर्न सकेन ।२ वटै जहाज जोमसोम आईपुगेपनि पोखरै फर्किए ।’

Advertisement

कार्यालय प्रमुख बिकका अनुसार मुस्ताङमा ४७ नर्थको हावा चलेको बताए । यात्रुले भरिएको जहाजमा पाईलटले रिक्स लिन मुश्किल परेका कारण जहाज फर्किएको उनको भनाई छ । सामान्यतया जहाज अवतरणका लागि २० नर्थ देखि कम हुनुपर्नेमा अत्यधिक हावा प्रवाह भएको जनाए । मुस्ताङमा हावाको गति तिब्र बेगकै भएका कारण निलगिरी र धौलागिरी हिमाल आसपासमा हिउँ फुर्रर हिउ परेको छ । हावाको गतिले जोमसोम आसपासका स्थानमा धुलाम्मे भईरहेको छ भने मौसम पनि ढुम्म छ ।

हिउँदयामसंगै पोखरा–जोमसोम हवाई उडान नियमित नभएको बिमानस्थलले जनाएको छ । मुस्ताङ उडान नियमित नभएपछि सदरमुकाम जोमसोम सुनसान बनेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया