यु १६ गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगितामा तनहुँ ४ विकेटले विजयी

पोखरा ।
पोखरामा जारी यु १६ गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगितामा सुप्रिम सुनारले अर्धशतकीय पारी खेलेपछि तनहुँले बागलुङलाई ४ विकेटले पराजित गरेको छ । वर्षातले प्रभावित खेलमा टस जितेर ब्याटिङ गरेको बाग्लुङले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो ।
बागलुङका रमित कँडेलले ३४ तथा अतित नेपालीले २२ रन हाने । तनहुँका बलरहरु बरदान यादव, सौरभ कुशवाह, अंकति झा, शुभम पौडेल र सुप्रिम सुनार सबैले १ विकेट लिए । जितका लागि १ सय ४ रन पछ्याएको तनहुँले १३.४ ओभरमा ६ विकेटको नोक्सानीमा जित हाँसिल ग¥यो । प्लेयर अफ द म्याचसमेत बनेका सुप्रिम सुनारले ४० बलमा १ छक्का र ७ चौका प्रहार गर्दै ५५ रनको पारी खेले । अंकित झाले १३ रन जोडे ।
बागलुङको बलिङमा सचिन परियारले २ विकेट लिँदा अविनास श्रफ, रमित कँडेल, कृष केसी र आर्यसिद्धी सापकोटाले १/१ विकेट लिए । वर्षाका कारण खेल ढिलो सुरु हुँदा ३५ ओभरको खेल १५ ओभरमा झारिएको थियो । जितसँगै समूह ‘ए’बाट तनहुँले पनि २ अंक जोडेको छ ।









‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया