‘ग्रो टेनिस’का लागि ‘टेनिस ट्यालेन्ट हन्ट’ सञ्चालन गरिँदै

कास्की ।
गण्डकी प्रदेश टेनिस सङ्घले देशका लागि आवश्यक सक्षम र व्यावसायिक टेनिस खेलाडी उत्पादनका दीर्घकालीन योजनाअन्तरगत ‘ग्रो टेनिस’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
टेनिस ट्यालेन्ट हन्ट(प्रतिभाको खोजी) मार्फत देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षमताका टेनिस खेलाडी उत्पादन गर्ने लक्ष्य सङ्घको छ । दीर्घकालीन र महत्वकांक्षी योजनाअन्तर्गत आठ वर्षमा १० जना राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले बताए ।
उनका अनुसार विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारका आठदेखि १२ वर्षसम्मका बालबालिका मध्येबाट खुला आवेदन माग गरेर पहिलो चरणमा ४० जना छनोट गरिने छ । छनोट भएकालाई ६ महिना प्रशिक्षण गराएर उत्कृष्ट ३०, त्यसपछि पुनः प्रशिक्षण गराएर उत्कृष्ट १० जना छनोट गर्ने तयारी गरिएको कायस्थले बताए ।
अन्तिम छनोटमा आठजना बालक र दुई जना बालिका छनोट गरी उनीहरूलाई आठ वर्षसम्म टेनिस प्रशिक्षण गराइनेछ । छनोट भएका खेलाडीको शिक्षादेखि आवाससम्मको सबै व्यवस्था सङ्घले गर्नेछ ।
अध्यक्ष कायस्थले भने, “छनोट भएका बालबालिकाका लागि टेनिस खेल्नका लागि चाहिने बल, र्याकेट, जर्सी, उनीहरुलाई चाहिने दैनिक डाईट र यातायात खर्चपनि हामी नै बेहोर्छौँं ।” सङघका महासचिव नवीन चालिसले एक जना खेलाडी बराबर करिब रु १५/१६ लाख खर्च हुने अनुमान गरिएको बताए ।
“हामीले दाताहरू खोजिसकेका छौँ । टेनिसका प्रशिक्षकदेखि अग्रज खेलाडीले नै सहयोग गर्नुहुनेछ । एक व्यक्ति एक स्पोन्सर खोजेका छौँ,” अध्यक्ष कायस्थले बताए । ‘ग्रो टेनिस’ पोखरा चिनाउने अभियानसमेत भएको बताइन्छ ।
“पोखरा अहिले प्याराग्लाईडिङले चिनिन्छ । पर्यटनको राजधानीले परिचित छ । अभियानमार्फत खेलाडी उत्पादन गरेर पोखरालाई टेनिसबाट चिनाउने छौँ,” उनले भने । गण्डकी विश्वविद्यालयका प्राध्यापक सोनाम लामाले ‘ग्रो टेनिस’ कार्यक्रम नेपाली खेलकुदलाई व्यावसायिक बनाउन अग्रगामी कदम हुने विश्वास व्यक्त गरे ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया