एनभिए कप भलिबल : हेल्प नेपाल र गण्डकीको अपराजित यात्रा कायमै

समाधान संवाददाता २०८२ जेठ १२ गते २१:२५

पोखरा । पोखरा रंगशालास्थित बहुउद्देश्यिय कभर्ड हलमा जारी नवौं प्रधानमन्त्री एनभिए भलिबल लिगको पुरुषतर्फ हेल्प नेपाल भलिबल क्लब र गण्डकी प्रदेशको अपराजित यात्रा कायमै रहेको छ ।
नेपाल भलिबलको संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा गण्डकीले सुदुरपश्चिमलाई र हेल्प नेपालले मणिमुकुन्दलाई हराउँदै जितको श्रृखंला कायम राखेको हो । पाचौं दिनको तेस्रो तथा पुरुषतर्फको पहिलो खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो। २५–१३, २५–२० र २५–२० को सहज जितमा गण्डकीले ३ अंक जोड्यो ।
गण्डकीले ५ खेलबाट १५ अंक जोडेको छ लगातारको पाँचौं हारमा सुदूरपश्चिम चरणबाट बाहिरिएको छ । बाँकी रहेको २ खेल नै जितेपनि सुदूरपश्चिम अघि बढ्न सक्दैन् ।
सोमबार भएको पुरुषतर्फको तेस्रो खेलमा मणिमुकुन्दलाई ३–० को सोझो सेटमा हराएर शिर्षस्थानमा उक्लिएको छ । हेल्प नेपालले मणिमुकुन्दलाई २५–२२, २९–२७ र २५–२० ले हरायो । हेल्प नेपालले जत्तिकै १५ अंक जोडेको गण्डकी प्रदेश सेटको आधारमा दोस्रो स्थानमा छ ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हात पा¥यो । आर्मीले कोशी प्रदेशलाई ३–१ ले हरायो । पहिलो सेट गुमाएको आर्मीले उत्कृष्ट कमब्याक गर्दै जित निकालेको हो। २१–२५ ले पहिलो सेट आर्मीले गुमायो। तर यसपछि २५–१९,२५–२१ र २५–२० ले लगातार तीन सेट जित्यो ।
पाँचौं खेलबाट तीन जित सहित आर्मीले ८ अंक बनाएको छ। कोशीको यो चौथो हार हो । उसको ३ अंक रहेको छ । कोशी प्रदेशलाई पनि अघि बढ्न कठिन नै छ ।
पाचौं दिनको अन्तिम खेलमा नेपाल पुलिस क्बलले एपिएफलाई ३–० को सोझो सेटमा हराएर फाइनल पुग्ने संभावना कायम नै राखेको छ । पुलिसले एपिएफलाई २५–२२, २५–२२ र २५–१६ ले हराउँदै लिग तालिकामा १२ अंक जोडेको छ ।
सोमबार भएको महिलातर्फका खेलमा साविक विजेता नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबले जित हासिल गरेका छन् । रोमाञ्चक प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हरायो। चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ । पुलिसले आर्मीलाई २४–२६, २५–११, २५–१९, २१–२५ र १५–९ ले पराजित ग¥यो ।
यो जितमा पुलिसले २ अंक जोड्यो । ११ अंक सहित शीर्षस्थानमा कायमै रहेको छ। ५ सेटमा पुगेको खेलबाट आर्मी क्लबले १ अंक जोड्यो । तर आर्मी लिग चरणबाट बाहिरिएको छ । उसले ४ खेलमा मात्र १ अंक बनाएको छ ।
अर्को खेलमा एभरेष्टले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले कर्णालीलाई २५–१४, २५–७,२५–२० ले पराजित ग¥यो । न्यु डायमण्डको ९ तेस्रो स्थानको एपिएफ र चौथो स्थानको एभरेष्टको समान ६ अंक छ ।
१५ गतेसम्म चल्ने प्रतियोगिताको दुवैतर्फका विजेताले ८ लाख उपविजेताले चार लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया