गणतन्त्र दिवसमा कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता

पोखरा ।
गणतन्त्र दिवसका अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीले निजामती कर्मचारीहरुबीच ब्याडमिन्टन प्रतियोगिता गरेको छ । मंगलबार पुरुषतर्फ डबल्स र महिलातर्फ सिंगल खेल भएको हो ।
प्रतियोगितामा पुरुषतर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत प्रदीपचन्द्र सुवेदी र लेखा अधिकृत महेन्द्रकुमार राईको टिम प्रथम भएको छ । यसैगरी मुख्यमन्त्री कार्यालयकै अर्जुनसिंह गिरी र महेश थापाको टोली द्वित्तीय र कृषि तथा भूमि व्यवस्था मन्त्रालयका रामकृष्ण अर्याल र सन्दीप लामिछानेको टोली तृतीय भएको छ ।
महिलातर्फ यातायात व्यवस्था कार्यालयकी समिना पुन प्रथम, जिल्ला खेलकुद समितिकी माया गुरुङ द्वित्तीय, कृषि मन्त्रालयकी सविना चौधरी र मुख्यमन्त्री कार्यालयकी आरती गिरी तृतीय भएका छन् ।
पुरुषतर्फ ८ टिम र महिलातर्फ ६ जनाले प्रतियाेगितामा भाग लिएका थिए ।
विजयी खेलाडीहरुलाई गणतन्त्र दिवसका दिन हुने मुल समारोहमा पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया