न्युलाइटमा अभिभावक शिक्षा

लेखनाथ।
पोखरा महानगरपालिका वडा नम्बर ३० शिशुवास्थित न्युलाइट बोर्डिङ स्कुलले अभिभावक शिक्षा अभिमुखीकरण गरेको छ । कक्षा ४ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकलाई दिइएको अभिभावक शिक्षा कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा प्रशिक्षक रवि किरणले सौहार्द जीवनका सात नियम, परिवारमा खुसी हुन सिक्नुपर्ने र बालबालिकालाई खुसी बन्न सिकाउनुपर्ने, अभिभावकले बालबालिकामा समयको लगानी गर्नुपर्ने जस्ता विविध विषयमा अभिभावकहरूलाई अभिप्रेरित गरिन् ।
प्रशिक्षणका क्रममा रवि किरणले जुनसुकै बालबालिका जन्मँदा नै विशिष्ट प्रतिभा लिएर जन्मिने, उनीहरूमा असीमित क्षमता हुने र ठूलो उद्देश्य हुने बताउँदै अभिभावकलाई आफ्ना बालबालिकाको प्रतिभा पहिचान गर्न आग्रह गरिन् । अभिभावकले बालबालिकासँग कुरा गर्दा ध्यान दिनुपर्नेमा जोड दिँदै बालबालिकालाई सधैं हौसला प्रदान गरी सकारात्मक सोचको विकास गराउनुपर्ने बताइन् ।
अभिभावकको हौसला नै बालबालिकाका लागि सफलतामा प्राप्त गर्ने पदकसरह हुने बताउँदै बालबालिकाका लागि समय लगानी गर्न आग्रह गरिन् । बाबु–आमाको कारणले धेरै बालबालिकाको भविष्य अन्धकार भएको उदाहरण प्रस्तुत गर्दै अभिभावकले बालबालिकालाई कहिल्यै पनि नकारात्मक कुरा नगर्नु पर्नेमा जोड दिइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण प्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य ढाकाराम कँडेलले स्वागत गर्दै बालबालिकामा समयअनुसार ज्ञान, सीप, क्षमता फरक–फरक हुने बताउँदै विद्यार्थीको क्षमताको पहिचान गर्नु नै आजको आवश्यकता भएको उल्लेख गरिन् ।
२१ औँ शताब्दीको दक्ष जनशक्ति उत्पादन गर्न अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालय प्रशासन सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै विद्यार्थीको उज्ज्वल भविष्यका लागि सरोकारवाला सबैलाई बेलैमा सचेत गराउन अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारिन् ।
यसैगरी अक्षरा मन्टेसोरीकी प्रिन्सिपल एवं अभिभावक शोमिला ताम्राकारले प्रशिक्षण कार्यक्रमले बालबालिकाको भविष्यप्रति हामी सबै अभिभावकलाई सचेत गराएको बताउँदै यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकामा विद्यालयप्रति कृतज्ञता प्रकट गरिन् । कार्यक्रम सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल अरुणचन्द्र सुवेदीले गरेका थिए ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया