टप्स माविमा जुरेस पुनर्गठन
समाधान संवाददाता
२०८२ जेठ १५ गते १५:०६

पोखरा ।
पोखरा १० रामघाटमा अवस्थित टप्स माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कल पुनर्गठन भएको छ । कक्षा ६ देखि १० सम्मका करिब ६०० विद्यार्थीको सहभागितामा भएको निर्वाचनबाट दर्शन क्षेत्री अध्यक्ष चुनिएका छन् ।
सचिवमा एलिना गुरुङ, सहसचिवमा सनिम गुरुङ, कोषाध्यक्ष आयुष विक, सहकोषाध्यक्षमा सम्राट भुजेल निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा अनमोल घले, दीप्ति गुरुङ, जोसेलिन गुरुङ र सुदर्शन कार्की निर्वाचित भए ।
यो निर्वाचनले विद्यार्थीलाई लोकतान्त्रिक प्रक्रियाको अनुभवसहित नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको अभ्यास गर्ने अवसर मिल्ने बताइएको छ ।
सामाजिक विकास प्रमुख मीनप्रसाद तिवारीको संयोजकत्वमा सञ्चालित उक्त निर्वाचन निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा भएको संस्थापक सदस्य युवराज लामिछानेले बताए ।
सम्बन्धित









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया