स्थापना दिवसमा पाल्पाली समाजको भोजनदान

समाधान संवाददाता
पोखरा
पाल्पाली समाज पोखराले २६ औं स्थापना दिवस अवसरमा बिहीबार मानवसेवा आश्रममा भोजनदान तथा ४० हजार नगद सहयोग गरेको छ । समाजले पोखरा–१७, छोरेपाटनस्थित आश्रममा आश्रित १ सय ७ जनालाई बिहीबार १ छाक भोजनदान गरेको हो । आश्रममा ५१ महिला, ५१ पुरुष र ५ बालबालिका छन् ।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले सामाजिक उत्तरदायित्वस्वरुप समाजले आश्रममा सहयोग गरेको जानकारी दिए ।
नगद सहयोगको लागि समाजको तर्फबाट २० हजार, केशव नेपाल र पार्वती नेपालबाट ३ हजार, रेनुका बज्राचार्य २ हजार, वर्षा श्रेष्ठ, चन्द्रप्रकाश श्रेष्ठ र श्रीधर पराजुलीबाट जनही २ हजार ५ सय, पदमप्रसाद पोखरेल र सुनिल अर्याल जनही २ हजार, धनबहादुर झेंडी र यज्ञमान शाक्य जनही ११ सय, बालचन्द्र परियार १ हजार रुपैयाँ सहयोग गरिएको हो ।
यस्तै, समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले आमा कलाकुमारीको स्मृतिमा ५ बोरा चामल र ह्याप्पी होमबाट २ बोरा चामल सहयोग गरियो ।
आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई कार्यक्रम संयोजक लोकनाथ काफ्ले, समाजका अध्यक्ष कुलप्रसाद घिमिरे, कोषाध्यक्ष सञ्जय आत्रेय लगायतले संयुक्त हस्तान्तरण गरे । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं समाजका सल्लाहकार चिरञ्जीवी श्रेष्ठले पाल्पाली समाजले झैं अन्यले पनि यस्तै सहयोग गर्नुपर्ने बताए । गत वर्ष पनि समाजले पोखराको ह्याप्पी होममा सहयोग गरेको समाजका प्रथम उपाध्यक्ष रेशम रचकले जानकारी दिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया