शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमनको भत्सर्ना, उपत्यका बन्दको घोषणा

काठमाडौं । राजतन्त्र फर्काउन आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले आजको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बल प्रयोग र दमनको कडा शब्दमा निन्दा गर्दै सोमबार जेठ १९ गते उपत्यका बन्दको घोषणा गरेको छ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलन शान्तिपूर्ण रहेको स्पष्ट पार्दै पनि प्रहरीले अमानवीय व्यवहार गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गरेको भन्दै त्यसको तीव्र विरोध गरिएको छ।
विज्ञप्तिमा उल्लेख गरिएको छ, “शान्तिपूर्ण आन्दोलनकै क्रममा अध्यक्ष थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ ग¥यो, त्यसको हामी निन्दा गर्दछौं।”
यस्तै, अध्यक्ष थापालाई प्रहरी हिरासतमा भेट्न जाने क्रममा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य दीपक सिंहलाई समेत प्रहरीले संसदीय मर्यादा विपरित हिरासतमा लिएकोप्रति समिति आक्रोशित बनेको छ। सुवेदीले सरकारको उक्त कार्य लोकतन्त्र र संसदीय परम्पराको ठाडो उल्लंघन भएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, “सरकार लोकतान्त्रिक मूल्य र मान्यता प्रतिकूल दिशामा गएको छ भन्ने यो घटनाले पुष्टि गरेको छ। यो संविधान, नागरिक अधिकार र कानुनी शासनको खिल्ली उडाइएको उदाहरण हो।”
राप्रपा नेपालका अध्यक्ष कमल थापा, सांसद दीपक सिंहसहित आन्दोलनमा सहभागी अन्य नेता, कार्यकर्ता र समर्थकहरूलाई संविधानप्रदत्त अधिकार प्रयोग गर्दै गरेको अवस्थामा पक्राउ गरिएको भन्दै उनीहरूको तत्काल रिहाइको माग समितिले गरेको छ।
सरकारको दमनकारी रवैयाका कारण आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको उल्लेख गर्दै संयोजक सुवेदीले भोली उपत्यका बन्दको घोषणा गरेका छन्। उनले आन्दोलनमा सहभागी सबै सहयोद्धाहरुलाई आ–आफ्ना टोल र चोकमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।
प्रहरी हस्तक्षेपका क्रममा घाइते भएका सबै आन्दोलनकारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै समितिले आन्दोलन अझ थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ।









मानसिक स्वास्थ्य कमजोर हुँदा आत्महत्या दर बढ्यो
पोखरा रोयल सहकारीले पायो इजाजतपत्र
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु
ओशो, प्रकृति र वनस्पति
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया