म्याननी गुरुङको नेतृत्वमा म्याक्स सीसीको एनसीसी कपमा सहभागिता

बेलायत ।
क्यानडाको टोरन्टोमा आगामी अगस्ट ९ र १० मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एनसीसी कप २०२५ मा युनाइटेड किंगडमस्थित नेपाली क्रिकेट क्लब म्याक्स सीसीले पहिलोपटक सहभागिता जनाउने भएको छ। क्लबको नेतृत्व यूकेमा चर्चित नेपाली क्रिकेट खेलाडी म्याननी गुरुङले सम्हाल्ने छन्।
नेप्लिज क्यानाडियन क्रिकेट क्लब (एनसीसी) को आयोजनामा हुन लागेको यो प्रतियोगिता डिक्सी–४०७ क्रिकेट मैदानमा आयोजना हुनेछ। टी–२० लिग ढाँचामा सञ्चालन हुने प्रतियोगितामा अमेरिका, क्यानडा र यूकेमा रहेका ८ वटा नेपाली टिमहरू सहभागी हुनेछन्। खेलहरू दुईवटा भिन्न मैदानमा सञ्चालन गरिनेछ।
म्याक्स सीसीको टोलीमा यूकेका नेपाली खेलाडीहरू मात्र नभई अष्ट्रेलिया र न्यूजील्यान्डमा खेलिसकेका तथा हाल यूकेमै रहेका अनुभवी नेपाली खेलाडीहरू पनि समावेश हुने जनाइएको छ।
प्रतियोगितामा विजेता टोलीले ५,००० क्यानाडियन डलर र उपविजेताले २,५०० क्यानाडियन डलर पुरस्कारस्वरूप प्राप्त गर्ने आयोजकले जानकारी दिएका छन्।
कप्तान म्याननी गुरुङले भने, “यो मेरो लागि मात्र होइन, सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरूका लागि गौरवको क्षण हो। यो यात्रा अझ सुरु हो। मेरो लक्ष्य अन्तर्राष्ट्रिय मञ्चमा विदेशमा रहेका प्रतिभावान नेपाली क्रिकेट खेलाडीहरूलाई प्रतिनिधित्व गराउनु हो। अबदेखि नेपाली खेलाडीहरूको प्रतिभा विश्वभर देखाउने मेरो अभियान प्रारम्भ भएको छ।”
एनसीसी कप २०२५ मा म्याक्स सीसीको सहभागिता नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय विस्तारतर्फको एक महत्वपूर्ण पाइला भएको आयोजकको विश्वास छ।









१४ औं पोखरा महोत्सवलाई संघ संस्थाको साथ
तनहुँमा एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गरिँदै
शिक्षक महासंघले स्थानीय तहलाई दबाब दिने
वार्षिकोत्सवको तयारीमा विन्ध्यवासिनी मावि
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया