पोखरा १७ मा वडास्तरीय दौड

समाधान संवाददाता २०८२ जेठ २१ गते २०:४२

पोखरा ।

पोखरा महानगरपालिका १७ मा जेठको अन्तिम साता वडास्तरीय दौड प्रतियोगिता हुने भएको छ । छहारी टोल विकास संस्थाको आयोजनामा जेठ २४ गते प्रतियोगिता हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

विद्यार्थी र खुला गरी २ विधामा प्रतियोगिता आयोजना गरिने संस्थाका अध्यक्ष दीपक गोदारले जानकारी दिए । यसमा पोखरा १७ वडा कार्यालयको विशेष सहयोग र कास्की जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोग रहने उनले जानकारी दिए ।

Advertisement

वडाभित्रका कक्षा १० सम्म अध्ययनरत छात्रछात्राका लागि ३ किलोमिटरको दौड हुनेछ । टोल सुधार समिति र युवा क्लब, खुलाका लागि ५ किलोमिटरको दौड हुने अध्यक्ष गोदारले जानकारी दिए । विद्यालय स्तरीयमा करिब १ सय ६० र खुलामा १ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा विद्यालय स्तरीयमा प्रथम हुने छात्रछात्राले समान ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार र सान्त्वना हुनेले १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । खुलामा प्रथमलाई महिला पुरुष दुवैलाई समान ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वना हुनेलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष गोदारले जानकारी दिए ।

Advertisement

प्रतियोगिताले वडाबाटै खेलाडी उत्पादनमा टेवा पु¥याउने भएकाले टोल विकासले आयोजना गरेको प्रतियोगितामा वडा कार्यालयले सहयोग गरेको पोखरा १७ का वडा सदस्य शिवराज भण्डारीले बताए । आगामी दिनमा पनि आवश्यकताका आधारमा टोल विसका संस्थाको काममा जोडिँदै जाने उनले प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया